बागलुङ। परम्परागत बाली लगाउन छाडेका बागलुङको विकट गाऊँ सल्यानका किसान अदुवाले बजार नपाउँदा चिन्तित बनेका छन् । भौगोलिक विकटताका कारण सहज रुपमा बजार पु¥याउन नसकिने र बजार पु¥याएपनि दुःख अनुसारको मूल्य नपर्ने भएका कारण किसानहरु चिन्तित बनेका हुन् ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन बृद्धिको अभियानमा लागेका सल्यान ढावका १५ परिवारले उत्पादन गरेको अदुवा विगत तीन वर्षदेखि बारीमै रहेको किसानहरु बताउँछन् । बारीबाट खनेर राख्दा अदुवा सुक्ने भएकाले बजार पाएपछि मात्र खन्ने गरेका किसानहरुको अदुवा बिक्री नभएपछि खन्नै छाडिएको स्थानीय किसान होमनाथ शर्माले बताउनुभयो ।
परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी नगदे बाली मार्फत आयआर्जन गर्न जुटेका ढावाका कृषकहरुलाई पहिलो गा“समै ढुंगा लागेको उनीहरु बताउ“छन् । छिटो र राम्रो आम्दानीको आसमा २ रोपनी बारीमा ८ क्वीन्टल अदुवा लगाएका कृषक शर्माले मूल्य नपाएका कारण अदुवा दुइ वर्षदेखि बारीमै रहेको गुनासो गर्नुभयो । शर्माको मात्रै करिब ५० क्वीन्टल अदुवा बारीमै रहेको छ ।
अदुवाको विउ, लगाउनलाई ज्याला लगायत ढुवानीको ज्याला समेत नउठ्ने भएपछि गत वर्षको अदुवा बारीमै रहेको उहाँको भनाई छ । बिक्री गर्दा लगानी पनि नउठ्ने भएपछि बरु बारीमै रहोस् भनेर नखनेको उहाले बताउनुभयो । खन्नका लागि लाग्ने ज्याला त बच्छ, शर्माको गुनासो छ । शर्मा मात्रै होइन ढावाका १५ परिवारले अदुवा उत्पादन गरेका छन् । तर उत्पादित अदुवाले उचित मूल्य नपाएका कारण उत्पादनतर्फ नै वितृष्णा जागेको स्थानीय कृषक नरबहादुर खत्रीले बताउनुभयो ।
परम्परागत रुपमा कोदो लगाउ“दै आएको बारीमा अदु्वा लगाएर आम्दानी बढाउने कृषकहरुको उदेश्य पुरा हुन नसकेको केसीको भनाइ छ । उत्पादित अदुवा कृषकहरुले आफै बजार व्यवस्थापन गर्न नसकेको र बजार व्यवस्थानका लागि सरोकारवाला सबैलाई अनुरोध गरिए पनि कसैले वास्ता नगरेकोले कृषकहरुमा निराशा पलाएको स्थानीय युवा शन्तबहादुर गौतमले जानकारी दिनुभयो ।