सिंगोगाउँ खरायो पालनमा आकर्षित

म्याग्दी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको लेकफाँट गाविस ८ डाँडाकटेरी गाउँका बासिन्दा व्यावसायिक खरायो पालनतर्फ आकर्षित भएका छन् । भेडा बाख्रा पाल्नभन्दा सहज र छोटो समयमा धेरै फाईदा लिन सकिने भएकाले कृषकहरुले खरायोमा लगानी गरेका हुन् । डाँडाकटेरीका २३ घरधुरीलेनै खरायो पालन व्यवसायलाई आफ्नो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । प्रत्येक घरमा १० देखि २० […]

दस हजार मेट्रिक टन सुपारी गोदाममै

झापा । दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ६८५ हेक्टरमा वार्षिक ९ हजार ७०० मेट्रिक […]

अन्नबाली बाँदर र दुम्सीले सखाप पारेपछि गाउँ छोड्न बाध्य

म्याग्दी। म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । सूर्य किसानले वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य भएको बताए । बाली […]

राज्यले नसुनेको पीडित कुखुरा किसानको बकपत्र

टीकाराम राई नेपाल कुखुराको मासुमा आत्मनिर्भर छ। वार्षिक करीब एक लाख ३४ टन कुखुराको मासु उत्पादन हुन्छ। प्रतिवर्ष झण्डै ३४ अर्ब रुपैयाँ बराबरको कुखुरा व्यापार हुन्छ।कृषिमन्त्री, कृषि सचिव, दाना उद्योगी तथा व्यावसायी र बिचौलियाहरु कुखुरा व्यवसायबारे यस्ता कथा हाल्छन्। उनीहरुको यो कथा संचार माध्यममा पनि पढ्न सुन्न र देख्न पाइन्छ। त्यही कथा सुनेर देशमै केही […]

अण्डामा आत्मनिर्भर बनाउन “ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम” संचालन

काठमाडौं। सरकारले पहिलो पटक ‘अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवर्द्धन’ कार्यक्रम ल्याएको छ । जीविकोपार्जनको रूपमा रहेको कुखुरापालन तथा अण्डा उत्पादनलाई व्यवसायिकीकरणतर्फ अघि बढाउनुका साथै देशलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन सहयोग मिल्ने गरि कार्यक्रम ल्याएको केन्द्रीय बंगुर कुखुरा प्रवद्र्धन कार्यालयले जनाएको छ । कार्यक्रमका लागि सरकारले १ करोड २० लाख […]

बझाङमा १० हजार मेट्रिक टन खाद्यान्न अभाव हुने

बझाङ। विकट हिमाली जिल्ला बझाङमा समग्र उत्पादन गत वर्षको भन्दा बढी भए पनि जिल्लाको कुल खाद्यान्नको मागलाई हेर्दा यस वर्ष करिब १० हजार २८ मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आठ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको जिल्ला खाद्य अधिकार […]

रुपन्देहीमा व्यावसायिक कृषि फस्टाउँदै

रुपन्देही । तीनवर्ष पहिलेसम्म बाँझो र उजाड रहेको रुपन्देहीको सिक्टनहन गाविस वडा नं. ७ छोट्की गुम्बीस्थित जग्गा अहिले हराभरा भएको छ । त्यसबेला किसानले पालेका पशुको चरण क्षेत्र रहेको सो स्थान अहिले उर्बर क्षेत्रको रुपमा परिणत भएको छ । स्थानीय विद्यालयको नाममा रहेको खाली जग्गामा माछा, कुखुरा, मौरी पालनका साथै तरकारी लगायत विभिन्न खेती सुरु […]

प्यूठानमा धान उत्पादन घट्यो

प्यूठान । यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । गत साउनमा आएको बाढीले फल्दै गरेको धानसहितको खेत नष्ट गरेपछि उत्पादनमा कमी आएको हो । धानखेतीका लागि उर्वर भूमि झिमरुक फाँटसहित जिल्लाका धेरै स्थानमा धानसहितको खेत झिमरुक नदीले बगाएरपछि उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू […]

माहुरी चरनमै सिन्डिकेटः विषादी हालेर १८ लाख बराबरका माहुरी मारिए

बिषादी हालेर नस्ट पारिएको मौरी। तस्बीर : डा.खेमराज न्यौपाने काठमाडौं। बाहिरी जिल्लाबाट चराउनका लागि दाङ ल्याइएका ७५ घार मौरी विषादीका कारण मरेका छन्। त्यसबाट माहुरी किसानलाई करिब १८ लाखभन्दा बढी क्षति भएको उनीहरुले बताएका छन्।माहुरीको घारमा कसले विषादी हालेको हो वा होइन भनेर विज्ञहरुको टोलीले छानबिन समेत थालिसकेको छ। तोरी र चिउरी फूल्ने यो सिजनमा चितवन, […]

खातीथोक अब गोलभेंडाको पकेट क्षेत्र

तनहुँ। तनहुँको भानु नगरपालिका–४, खातीथोकलाई गोलभेंडाको पकेट क्षेत्रका रूपमा विस्तार गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले खातीथोकलाई गोलभेंडाको पकेट क्षेत्रका रूपमा विस्तार गर्न लागेको हो । खातीथोकमा ०७२ सालदेखि टनेलमा व्यावसायिक रूपमा गोलभेंडा खेती गरिएको छ । यहाँका ३४ जना कृषकले ७४ वटा टनेलमा गोलभेंडाखेती गरी राम्रो आम्दानी गरिरहेका छन् ।खातीथोकमा गोलभेंडाको […]