चिराइतोबाट राम्रो आम्दानी

सोलुखुम्बु। ‘आलु राम्रै उत्पादन हुन्थ्यो, आलु रोप्ने बेलामा बखप्पलम, साद्धी र सोताङबाट चामल, कोदो बोकेर आलुको बिउ साट्न यहाँसम्म आउँथे । अहिले त्यो जमिनमा चिराइतो लगाएको छु’ सोलुखुम्बुको गुदेल–९ दिम्बुलका ङिमतेम्बा शेर्पाले चिराइतो रोपेको जानकारी यसरी दिनुभयो । ङिमतेम्बा जस्तै दिम्बुलका धेरै कृषकले आलु फल्ने जग्गामा चिराइतो उत्पादन गर्न थालेका छन् । दिम्बुलका अर्का कृषक […]

किसानलाई आलुको बीउ वितरण

पर्वत। जिल्ला कृषि विकास कार्यालय पर्वतले १० टन आलुको बीउ वितरण गरेको छ । धान र कोदो थन्क्याइसकेपछि हिउँदे खेती गर्न कार्यालयले किसानलाई आलुको बीउ वितरण गरेको हो ।जिल्लाका विभिन्न गाविसका कृषकलाई ढुवानी अनुदानमा आलुको बीउ वितरण गरिएको हो । स्याङ्जाको गल्याङ क्षेत्रमा उत्पादित आलु बुटवलबाट ढुवानी अनुदानमा कृषकलाई उपलब्ध गराइएको हो । कृषकलाई प्रतिकिलो […]

मोरङमा धान उत्पादनमा वृद्धि

विराटनगर। मोरङमा गत वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । पर्याप्त वर्षा, रासायनिक मलको अभाव नहुनु, उन्नत बीउ वितरण, सघन धानखेतीको प्रयोग र यान्त्रिकरणको माध्यमबाट धानबाली रोप्नेलगायतका कारण उत्पादनमा वृद्धिको अनुमान गरिएको हो । गत वर्ष ७८ हजार हेक्टरमा गरिएको धानखेतीबाट तीन लाख १२ हजार मेट्रिक टन उत्पादन भएको थियो […]

म्याग्दीका किसानहरु हाते ट्रयाक्टरबाट खेती गर्दै

म्याग्दी । खेतवारी जोत्ने गोरुको अभाव हुन थालेपछि म्याग्दीका गाउँ÷ गाउँमा हाते ट्रयाक्टरबाट खेत जोत्न शुरु गरिएको छ । वैदेशिक रोजगारीका कारण गाउँमा काम गर्ने यूवाहरु कम भएको र गाउँमा गोरु पाल्न छाडेपछि गोरुको अभाव भएकाले हाते ट्रयाक्टरको माध्यमबाट खेतवारी जोत्न थालिएको कृषकहरुले बताएका छन् । पहिला गोरुबाट खेती गर्ने गरेकामा अहिले व्यापारीहरुले गाउँमा नै […]

काठमाडौंमा माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने

फाइल तस्बीर : दोश्रो राष्ट्रिय मत्स्य महोत्सव काठमाडौं । राजधानीमा पाँचदिने माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घले भृकुटीमण्डपमा सो महोत्सव आयोजना गर्ने भएको हो । सङ्घले आगामी मङ्सिर ९ गतेदेखि तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गरेको हो । स्वदेशी माछाको बजार प्रवद्र्धन गर्न सङ्घले महोत्सवको […]

लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

पाँचथर। पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो । लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको […]

पशुपक्षी र अन्न बेचेर विद्यालयलाई सहयोग

म्याग्दी। म्याग्दीको हिदी गाउँका बासिन्दाले अन्न र पशुचौपाया बेचेर सामुदायिक विद्यालय चलाएका छन् । कुहूँ र बाबियाचौरको ९ तथा दरवाङको ४ नं वडामा पर्ने हिदीका बासिन्दाले सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि अन्न र पशुपक्षी बेचेर चन्दा सहयोग गरेका हुन् । हिदीमा सञ्चालित सिद्धशान्ति माविलाई अभिभावकले घरको कोदो, मकै, गहुँ, आलु, तरकारी, कुखुरा, […]

कफी खेतीले खुशी ल्यायो

काभ्रे । जिल्लाको डाँडापारी भनेर चिनिने गाविसहरूमा व्यवसायिक कफी खेती गर्ने बढेका छन् ।खासै उब्जनी नहुने जग्गाहरूमा लगाइएको कफी खेती यहाँका कृषकहरुको आम्दानीको स्रोत बनेको छ ।मिल्चे गाविसका कृषक लोकबहादुर तामाङले यो बर्षको कफिको उत्पादनले साह्रै खुशी भएको बताउनुभयो । करिब डेढ दशक अगाडिदेखि आफ्नो पाखोबारीमा गर्दै आएको कफी खेतीले अहिले सम्मकै राम्रो उत्पादन र […]

सामूहिक लगानीमा कृषि

म्याग्दी। स्वदेशमा काम पाइएन भन्दै वर्षेनी युवाहरु विदेशीने गरे पनि म्याग्दीमा भने केही युवाले सामूहिक लगानीमा कृषि पेसा सुरु गरेका छन् । बेनी नगरपालिका–१२ चिप्लेटीमा तीन युवा मिलेर संयुक्तरुपमा लगानी गरी व्यावसायिक कृषि पेसा सुरु गरेका हुन् । चिप्लेटीका युवा सञ्जय कुँवर, बेनपा–११ पुलाडाँडाँका रेशमबहादुर बाँनिया र कृष्णबहादुर बाँनियाले संयुक्त कृषि पेसा अपनाएका छन् । […]

सुर्खेत र दैलेखमा धान उत्पादन वृद्धि

सुर्खेत। सुर्खेत र दैलेखमा यस वर्ष धानको उत्पादनमा वृद्धि हुने देखिएको छ । अनुकूल मौसमका कारण धान उत्पादनमा वृद्धि हुने संकेत देखिएको ती जिल्लाका जिल्ला कृषि विकास कार्यालयहरूले जनाएका छन् । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार गतवर्ष २१ हजार ८ सय ९५ टन धान उत्पादन भएको दैलेखमा यस वर्ष २० प्रतिशतले वृद्धि हुने संकेत […]