इलाममा बढ्ने भयो धान उत्पादन

इलाम।इलाममा यसबर्ष १० देखि १५ प्रतिशत धान उत्पादन बढ्ने भएको छ। यसबर्ष पर्याप्त बर्षा हुनुका साथै गत बर्षको तुलनामा बढी क्षेत्रफलमा धान खेती गरिएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिए। गत बर्ष इलाममा १५ हजार ९ सय हेक्टरमा धान खेती गरिएको थियो। जसमा ४६ हजार ४ सय ११ मेट्रिक […]

कृषि उत्पादनले बजार नपाएपछि चन्दा सङ्कलन गरेर गाउँमा सडक

म्याग्दी । म्याग्दीको कुहुँ–१ खानीगाउँका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा सडक पुर्‍याएका छन् ।कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयले चन्दा सङ्कलन गरेर करीब ८ लाखको लगानीमा ३ किलोमीटर सडक विस्तार गरेका छन् । कात्तिक दास्रो हप्तादेखि गाउँसम्म यातायातका साधनहरु पुग्न थालेपछि स्थानीय हर्षित […]

म्याग्दीका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई

म्याग्दी । पहाडी जिल्ला म्याग्दीका किसानहरुलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याई छ । गएको जेठ असार महीनामा आफ्नो खेतमा रोपको धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गोलगायतका खाद्यबाली भित्रायाउने चटारोमा किसानहरु लागिपरेका छन् । नेपालीहरुको महान् पर्व वडादशैं तथा तिहारदेखि किसानहरुले बाली भित्र्याउन शुरु गरेका थिए । असोजदेखि मङ्सिरसम्मको समय उनीहरुका लागि अत्यन्त व्यस्त समय हो । खासगरी […]

उत्कृष्ट दश कृषक पुरस्कृत

पाल्पा । जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कार्यालयले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारतर्फ मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रतिव्यक्ति नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत कृषकलाई सम्मान गर्नुभयो । त्यस्तै […]

अब मुस्ताङी स्याउको जुस

म्याग्दी । स्वादिष्ट स्याउको राजधानी नामले प्रसिद्धी कमाएको मुस्ताङको मार्फाका बासिन्दाले स्याउबाट जुस उत्पादन गर्न शुरू गरेका छन् । घरेलु प्रविधिबाट रसायनको प्रयोग नगरीकन उत्पादन गरिएको जुसको बजारमा राम्रो सम्भावना भएकाले कृषकहरू उत्साहित भएका हुन् । जर्मनीको म्युनिकस्थित टेक्निकल युनिभर्सिटीका प्रोफेसर बुल्म बेथले जुस बनाउन प्राविधिक सहयोग गरेपछि मार्फावासी जुस बनाउन थालेका हुन् । १ […]

राष्ट्रपति पुरस्कारबाट तीनजना कृषक पुरस्कृत

नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो । सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व खाद्य दिवसका […]

पाल्पामा बन्यो सुन्तला टिप्ने मेसिन

पाल्पा । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् । सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको हो । यस मेसिनको प्रयोगले अब रूखमा चढिरहनुपर्ने झन्झटिलो कामबाट यहाँका किसानलाई राहत मिलेको छ । चापपानी–८ चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण […]

तरकारी खेतीबाट लाखौँ आम्दानी

पर्वत । वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका पर्वत वहाकी ६ का ऋखिराम भुषाल सोचेजस्तो आम्दानी नभएपछि स्वदेश फर्किए । विदेशमा कडा मेहनत गर्दा पनि सोचेजति आम्दानी नभएपछि उनी गाउँमै फर्किए । विदेशमा श्रम गर्नुपर्छ भन्ने सिकेर आएका भुषालले अहिले गाउँमै तरकारी खेती गरी वार्षिक चार तीन लाख आम्दानी गर्न सफल भएका छन् । ३६ वर्षीय […]

पर्वतमा पनि धान र गहुँ झार्न भित्रियो थ्रेसर

पर्वत । कृषिमा यान्त्रिकरण बढेसँगै पर्वतमा जिल्ला कृषि विकास कार्यालयले मिनि थ्रेसर भित्र्याएको छ । धान र गहुँ झार्न प्रयोग हुने थ्रेसर परिक्षण स्वरुप ल्याएको कार्यालयले बताएको छ । शुरुमा कार्यालयले पाँचओटा थ्रेसर ल्याएकोमा दुईओटा कुश्मा नगरपालिका १२ चुवा र खानीगाउँका कृषकहरुले लगिसकेको कार्यालयले बताएको छ । प्रतिथ्रेसर ९० हजारको लागतमा ल्याइएका थ्रेसरमा कार्यालयले ढुवानी […]

नेपाली छुर्पी अमेरिका निर्यात भएपछी बढ्यो किसानको आम्दानी

इलाम। नेपालमा उत्पादित छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्लाका किसानहरुले मनग्ये आम्दानी गर्न थालेका छन्। हाल छुर्पी उत्पादनलाई किसानले अर्थोपार्जनको मुख्य क्षेत्र बनाउदै आएका छन्। छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुंग, धनकुटाका किसानहरुको आर्कषण बढ्दै गएको हो। नेपालमा उत्पादित छुर्पी अमेरिकामा हिमालयन डगच्युको रुपमा कुकुरको आहाराको लागी प्रयोग […]