‘सुपर जोन‘ कार्यक्रमका लागि चार गाविस छनोट

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७ नं प्रदेशको कैलाली जिल्लामा कार्यान्वयन हुन लागेको गहँु बालीको ‘सुपर जोन‘ कार्यक्रमका लागि चार ओटा गाविस छनोटमा परेका छन् । जिल्लाको पहलमानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रको एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन‘ कार्यक्रम कार्यान्वयन गर्न छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । कार्यालयले […]

जागिर छोडेर तरकारी खेती गर्दै थमन

कावासोती।आर्थिक आम्दानीका लागि धेरै पढ्ने र जागिर खानेजस्ता योजना धेरैले बुनेका हुन्छन्। पढाई पूरा भएपछि राम्रो जागिर पाउन नसक्दा गाउँको खेतीपाती र कुटोकोदालोबाट मुक्ति पाउन वैदेशिक रोजगारीलाई अन्तिम उपायका रुपमा प्रयोग गर्ने युवाहरुको संख्या दिनहुँ आकाँशिदै छ। तर, यहि गाउँघरको कुटोकोदालोलाई सारथी बनाएर मनग्य आम्दानी गर्ने उदाहरणीय युवा हुन्, नवलपरासी देउराली-४ का थमन रजाली मगर। […]

पशु बीमाप्रति रूपन्देहीका किसानको बढ्दो आकर्षण

रूपन्देही। रूपन्देहीका किसान पशु बीमाप्रति आकर्षित हुन थालेका छन् । आर्थिक वर्ष २०७२/७३ मा यहाँका किसानले करीब ८ हजार पशुपंक्षीको बीमा गराएका छन् ।सरकारले अनुदान दिन थालेसँगै पशु बीमा लोकप्रिय हुन थालेको जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक प्रदीप शर्मा पौडेलले बताए । ‘पशु/पक्षी किनेपछि कार्यालयमा बीमाका लागि सोधपुछ गर्न पनि […]

दोलखामा ‘रेड किवी’को परीक्षण सफल

दोलखा । औषधीय गुण र अफ सिजनमा फल पाक्ने विशेषताले युक्त फल ‘रेड किवी’को परीक्षण दोलखामा सफल भएको छ । आर्थिक वर्ष २०७१/७२ देखि दोलखाको बोच गाविसस्थित शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्रले शुरू गरेको ‘रेड किवी’को परीक्षण उत्पादन सफल भएको हो । नार्कका वरिष्ठ वैज्ञानिक डा. सूर्य पाण्डेले काभ्रेपलाञ्चोक जिल्लाको पातले खेतमा गरिरहेको खेतीबाट ५० […]

नेपालमा कफीको प्रचुर सम्भावना

—दीपक खनाल कफी दीर्घकालीन नगदेबाली भएको हुनाले अन्न तथा अरू बालीहरूको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ । कुनै समय विदेशी पर्यटक र ‘एक्सपट्रियट’ ले मात्र कफी पिउँछन् भन्ने नेपाली सोच रहकोमा अब यो पेयले उल्लेख्य घरेलु उपभोक्ता प्राप्त गरिसकेको छ । तसर्थ, नेपाली कफीलाई गुणस्तरमा सम्झौता नगरी व्यावसायिक खेतीतर्फ उन्मुख गराउन सके आत्मनिर्भरता प्राप्त […]

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान

कञ्चनपुर। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा बेलौरी नगरपालिका–२ का माछापालक कृषक वन्धुराम चौधरी, […]

“चियाको बजार खोज्न पहल हुँदैछ”

इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन विशेष पहल सुरू भएको बताउनुभएको छ । बुधबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले इलामको पहिचान चियालाई ‘अर्गानिक ’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका […]

सरकारले कति तोक्यो धानको मूल्य ?

काठमाडौं। सरकारले चालू वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मुलुकभर धान थन्क्याउने चटारो चलिरहेका बेला सरकारले पनि किसानको धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । आपूर्ति मन्त्रालयका अनुसार धानको यो न्यूनतम समर्थन मूल्य करीब एक साताअघि मन्त्रिपरिषद्ले पारित गरेको हो । कृषि विकास मन्त्रालयको सिफारिशका आधारमा आपूर्ति मन्त्रालयले न्यूनतम समर्थन मूल्यको प्रस्ताव […]

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

म्याग्दी। सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताए । […]

बाजुरामा यसबर्ष फापरको उत्पादन राम्रो

बाजुरा।खडेरीका कारण अरु बालीको उत्पादन निकै घटे पनि फारपको उत्पादन भने राम्रो भएको बाजुराका किसानले बताएका छन् । जिल्लाको सबै भन्दा बढी खडेरी प्रभावित वाई, जुकोट, साप्पाटा, रुगिन, गोत्री, बाँधु, कोटीला जगन्नाथ, कोल्टी लगायतका ठाउँमा फापर खेती गरीएको थियो । फापर खेती गर्ने किसान राम्रो आम्दानी भएपनि खुसी रहेको फापर संकलक ढक्कबहादुर शाहीले बताउनुभयो । […]