बाजुरा।खडेरीका कारण अरु बालीको उत्पादन निकै घटे पनि फारपको उत्पादन भने राम्रो भएको बाजुराका किसानले बताएका छन् । जिल्लाको सबै भन्दा बढी खडेरी प्रभावित वाई, जुकोट, साप्पाटा, रुगिन, गोत्री, बाँधु, कोटीला जगन्नाथ, कोल्टी लगायतका ठाउँमा फापर खेती गरीएको थियो । फापर खेती गर्ने किसान राम्रो आम्दानी भएपनि खुसी रहेको फापर संकलक ढक्कबहादुर शाहीले बताउनुभयो ।
यस वर्ष जिल्लाका ११ गाविसमा फापरको चार सय ३० किलो बिउ जिल्ला कृर्षि विकास कार्यालयले बाँडेको थियो। त्यसबाट एक सय क्विन्टल भन्दा बढी उत्पादन भएको जिल्ला कृर्षि विकास कार्यालय बाजुराले जानकारी दिएको छ । उत्पादन राम्रो भएकाले फापर लगाएका किसान अहिले खुसी छन् ।