राज्यमन्त्री राधिका तामाङ किसानहरुसंग प्रत्यक्ष संवादमा

  − बिल अधिकारी चितवन।चितवनको दारेचोकमा कृषि राज्य मन्त्री राधिका तामाङले किसानहरुको पिर मर्का र समस्याका बारेमा स्थलगत अवलोकन तथा किसानहरुसंग प्रत्यक्ष संवाद गर्नुभएको छ । चितवनको दारेचोक–४ तामिन गाउँमा दारेचोक र चण्डिभञ्ज्याङका किसानहरुसंग प्रत्यक्ष संवाद कार्यक्रममा बोल्दै कृषि राज्य मन्त्री तामाङले किसान वर्गका हकहित र विकासका लागि सरकारले विभिन्न आकर्षक र लाभदायक कार्यक्रमहरु संचालन […]

व्यावसायिक गड्यौंला पालनतर्फ किसानको आकर्षण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२को महाकाली किसान समूहमा आबद्ध किसानले व्यावसायिक रूपमा गड्यौंला पालन शुरू गरेका छन् । कृषि विकास कार्यालयबाट प्रतिकिसान २५ हजार रुपैयाँका दरले पाएको अनुदानबाट समूहमा आबद्ध ५० किसानले गड्यौंला पालनलार्ई व्यावसायिक रूप दिएका हुन् । घरमै पाइने झारपात, कुहिने फोहर, गोबर, सुतीका बोरा, केराको थाममा गड्यौंला राखेर मल उत्पादनको कार्य भइरहेको […]

गोबर मलबाट मात्र खेती

बझाङ। बझाङको ग्रमीण क्षेत्रका किसानले अन्नबाली खेतमा लगाउँदा गोबर मल प्रयोग गर्ने गरेका छन् । यहाँ रसायनिक मलको प्रयोग हुँदैन । गहुँ, जौ, तोरी, धान, कोदो तथा अरु बाली लगाउन किसानले गाईबस्तुको गोबर मल नै प्रयोग गर्ने गरेका छन् । यहाँका स्याडी, देउलेक, कफलसेरीसहितका गाविसका किसानले कम्पोष्ट मलको प्रयोग गरेर खेती गर्ने गरेका छन् । […]

केराखेतीले सुधार्यो जीबनस्तर

लमजुङ। सुन्दरबजार ९, तार्कु कमेरेका शिवलाल ढकालले व्यवसायिक रुपमै केराखेती गर्नुभएको छ । उहाँले आफ्नो १२ रोपनी पाखोबारी र धान फल्ने दुई रोपनी खेत गरी १४ रोपनी जग्गामा व्यवसायिक केरा खेती गर्नुभएको छ । उहाँले झापाली मालुवा र स्थानीय जातका केरा लगाउनुभएको छ । जीवन चलाउने दरिलो आधार खोज्ने क्रममा आफू केराखेतीमा तानिएको उहाँले बताउनुभयो […]

चोभारमा फलफूल र फूलको थोक विक्री केन्द्र

काठमाडौं । विश्व बैङ्कको ३१ करोड ७४ लाख ९२ हजार ८ सय ३२ रुपैयाँको लागतमा आगामी १३ महीनाभित्र कीर्तिपुर नगरपालिका–१४ मा फलफूल र फूल सङ्कलन केन्द्र निर्माण गरिने भएको छ । केन्द्रमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूल पकाउने र अर्का चिस्यान कक्ष, सूचना कक्ष, प्रयोगशालालगायत रहनेछ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको […]

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेपालगन्ज। कृषिप्रधान मुलुक नेपालमा कृषिको व्यसायीकरणमा सरकार नै बाधक रहेको देखिएको छ । कृषिलाई व्यवसायीकरण गर्न कृषकलाई बढीभन्दा बढी सहुुलियत प्रदान गर्दै उत्पादनलाई राम्रो मूल्यमा खरिद बिक्री गर्ने व्यवस्था मिलाउनु पर्नेमा सरकारले नै उत्पादनको निकै कम मूल्य तोकेर किसानको शोषण गर्ने र व्यापारीलाई मालामाल बनाउने गरेको छ । यसको पछिल्लो उदाहरण धानको मूल्य निर्धारण हो […]

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

सोलुखुम्बु। एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला रु धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६/७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि […]

तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

पाँचथर । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । जिल्ला […]

कुखुराको मासुको मूल्य पसलैपिच्छे फरक

लमजुङ।लमजुङमा कुखुराको मासुको मूल्य पसलैपिच्छे फरक–फरक पाइएको छ । मासु व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण कुखुराको मासुको मूल्य फरक भएको हो ।सदरमुकाम बेसीसहरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारीले मासुको मूल्य आफूखुसी तोक्दै आएका छन् । मासुको मूल्यमा संस्थागत निर्णय नहुँदा जिल्लामा कुखुराको मासु बिक्री गर्दै आएका ब्यापारीहरूले आफूखुसी मूल्य निर्धारण गरेका हुन् । बेसीसहरमा लामो समयदेखि कुखुराको […]

माछा उत्पादन तीन गुणाले वृद्धि

दाङ। दाङमा पछिल्ला वर्षमा माछाको उत्पादन बढ्दै गएको छ । माछा पालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि उत्पादन पनि बढ्दै गएको हो । दुई वर्षको अन्तरमा झन्डै ३ गुणा बढी माछा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय दाङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ७ सय ८० टन माछा उत्पादन […]