बझाङ। बझाङको ग्रमीण क्षेत्रका किसानले अन्नबाली खेतमा लगाउँदा गोबर मल प्रयोग गर्ने गरेका छन् । यहाँ रसायनिक मलको प्रयोग हुँदैन । गहुँ, जौ, तोरी, धान, कोदो तथा अरु बाली लगाउन किसानले गाईबस्तुको गोबर मल नै प्रयोग गर्ने गरेका छन् । यहाँका स्याडी, देउलेक, कफलसेरीसहितका गाविसका किसानले कम्पोष्ट मलको प्रयोग गरेर खेती गर्ने गरेका छन् ।
यहाँ उत्पादित सबै अन्न बाली अर्ग्यानिक हुने स्याडी–३ का किसान जय भान बोहराले बताउनुभयो । गाउँमा कसैले पनि अहिलेसम्म रसायनिक मल प्रयोग नगरेको देउलेक–५ का राजेन्द्र बहादुर सिहंको भनाई छ ।
गाउँले सबैले गाईभैँसीको गोबरमा वनबाट ल्याएको स्याउला मिसाएर बनाएको कम्पोष्ट मल प्रयोग गर्ने गरेका छन् ।