जुम्लामा हिमाली आयोजना असफल
जुम्ला। नेपाल सरकारले हिमाली क्षेत्रमा बसोबास गर्ने किसानको आयस्तर उकास्ने उधेश्यले संचालन गरेको हिमाली आयोजना जुम्ला जिल्लामा पूर्ण रुपमा असफल भएको छ। हिमाली आयोजनाअन्तर्गत महतगाउँ–२ मा सञ्चालित दिदीबहिनी गाईपालन फर्म सुनसान छ। त्यहाँ फर्मका लागि बनाइएका भौतिक संरचना भए पनि गाई छैनन्। त्यहाँ पालिएका गाईलाई दाना जुटाउन नसक्दा सबै सदस्यले गाई बाँडेर घरघरमा राखेका छन्। […]