उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । […]

स्याउ खेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन। एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा […]

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

बेलबारी। पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन […]

बढ्दो वन्यजन्तु आतङ्क

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पु¥याएको जनाउँदै निवेदन दिएका छन् । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । “दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा […]

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

कैलाली। कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक […]

भैँसीपालनबाट मनग्य आम्दानी

वालिङ। स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य […]

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बलेवा। बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको […]

तनहुँमा व्यावसायिक पशुपक्षीपालन

दमौली। तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले फार्म स्थापना बढ्दो क्रममा रहेको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनले […]

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने […]

प्राथमिकतामा आलु प्रवर्द्धन कार्यक्रम

गलकोट। बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोलालगायत स्थानमा पाइने आलु जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ । आलुको उत्पादन राम्रो भए पनि बजारीकरणमा समस्या हुँदा किसानले आलु कुहिने गुनासो गरिरहन्छन् । कृषि ज्ञानकेन्द्र बागलुङले यस वर्ष आलु उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको जनाएको छ । […]