बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

डोल्पा। उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै वडा नम्बर ७ […]

बाँदर आतङ्क क्षेत्रमा बेसार खेती

तनहुँ। कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी […]

मनाङमा कृषि क्षेत्र प्रवर्द्धन प्राथमिकतामा

मनाङ। हिमाली जिल्ला मनाङको कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइएको छ । विशेषगरी यहाँको जनजीविका चलाउन गरिएको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राविधिक सेवा तथा प्रयोगशाला र विकासलाई तीन करोड ५६ लाख ६९ हजार विनियोजन गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । […]

धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

गलकोट। खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, […]

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली। तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात सय ८३ मेट्रिक टन […]

कृषि उत्पादन बढाउन निःशुल्क माटो परीक्षण सुरु

सन्धिखर्क। अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् । माटो परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हटेको छ । माटोमा कुन पदार्थ कति छ र माटोमा उर्वराशक्ति बढाउन के […]

विद्यार्थी सयपत्री खेतीतर्फ

तुलसीपुर। विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेति गर्दैगरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरु सयपत्री खेतीमा तल्लीन छन् । दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तुलसीपुर–६ गोलौरामा सात कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सयपत्री खेती थालेका हुन् । कलेजमा अध्ययनरत पारस न्यौपानेले बिबिएस […]

रोपवेले किसानलाई सहज

रुकुम। रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ । अहिले […]

केरामा ‘ओइलाउने’ रोग

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण […]

केराको पानामा रोगको सङ्क्रमण

भजनी। कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको सङ्क्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन् । टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर […]