जुम्लाका किसान स्याउ टिप्न व्यस्त

जुम्ला। जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिए । “पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ”, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, “स्याउको गुणस्तरीयता हेरेर मूल्य […]

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

गलकोट। अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती बङ्गुर मर्दा […]

पशु बीमामा कृषकको आकर्षण

दमौली। तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए […]

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

फिक्कल। चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । […]

म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा २ वर्षअघि गुर्जामा रोपिएका थिए। गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए। ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो,’ उनले भने, ‘सबै बोटमा फल लागेको छ।’ […]

माटोमा उच्च अम्लियपना

नारायणगढ। भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार पाँच सय ४६ […]

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यन्न

सिमकोट। काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए । […]

परम्परागत घारमै मौरिपालन

रामपुर। कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो । मह काढ्ने समय भएपछि कसका घरमा कसले कति […]

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

झापा। गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानलाई रायो साग खेतीका लागि वडा नंं. १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो । […]

कृषि तथा पशुपन्छीं फार्मलाई चार करोड अनुदान

धनकुटा। धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो । सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत […]