जङ्गबहादुरको घोडा किन्ने कि !

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।जनविश्वास अनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो । […]

कृषि मन्त्रीमा चक्रपाणि र राज्यमा चौधरी

काठमाडौं। केपी ओली नेतृत्वको सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेको छ । तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा कृषि तथा सहकारी मन्त्रीमा चक्रपाणि खनाल र राज्यमन्त्रीमा रामकुमारी चौधरी नियुक्त भएका छन् । ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ७ मन्त्री थपिएर यसको आकार २२ सदस्यीय बनेको छ। एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ […]

व्यवसायिक बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी

धेरै शारीरिक तौल भएको, मोटो गर्धन भएको, मोटो र बलियो अग्ला खुट्टा भएका, निरोगी बाउ र २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ बाट जन्मेको तन्दुरुस्त वोका प्रजनन्का लागि प्रयोग गर्नुपर्छ र मात्र गतिलो वोकाको प्रयोगले गतिला पाठापाठी जन्माउन सकिन्छ […]

उखुको भुक्तानी माग्दै किसान आन्दोलित

सर्लाही। उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन् । उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् । उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरुको भनाइ छ । उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान […]

अंगुर खेती

अंगुरको राम्रो संग खेती गर्ने हो भने अन्य फलफूलमा भन्दा यसबाट बढी नै आम्दानी लिन सकिन्छ ।  किनभने अन्य फलफूल भन्दा मिठो, पोषिलो र महंगो हुने हुन्छ । यसैले गर्दा पनि आजकाल यसको खेतीतर्फ सुस्तै भए पनि मानिसहरु आकर्षित हुँदै गइरहेका छन् । अंगुर ज्यादै नै मिठो र पोषिलो फल हो । यसमा भिटामिन, ग्लुकोज, खनिज तत्वजस्ता […]

उर्जाको नयाँ स्रोतः बोटविरुवाबाट बिजुली !

जलविद्युत गृह, कोइला, फोसिल फ्युल र आणविक शक्ति प्रयोग गरेर हामी विद्युतीय ऊर्जा उत्पादन गर्ने गर्छौ । यी सबैको आ-आफ्ना खराब पक्षहरू छन् । जस्तो कि, पानीको अभाव, अन्तरराज्य कलह, वातावरण प्रदूषण, हरितगृह ग्यासहरुको उत्पादन, रेडियो विकिरणबाट सुरक्षाका सवाल आदि सबै कुराहरू यस्ता ऊर्जा उत्पादनसँगै जोडिएर आउँछन् । के हामीले प्रदूषणमुक्त र प्रकृतिमैत्री उर्जागृहहरु बनाउन […]

कन्ये च्याउ खेती

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु […]

भैँसीपालनबाट वार्षिक ८ लाख

झापा । मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सापकोटाले स्थानीय […]

तीन करोडमा चिया प्रशोधन उद्योग

तेह्रथुम । तेह्रथुमको सोल्मामा आधुनिक प्रविधिजडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान सेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । तीन […]

प्याक्टको पैसा खाएर भागे १३ आयोजना, १५ दिनभित्रमा उपस्थित हुन सार्बजनिक सुचना

काठमाडौं । व्यवसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० ले दिएको रकम लिएर १३ आयोजना बेपत्ता भएका छन् । पैसा लिएर आयोजना नै बेपत्ता भएपछि प्याक्टले ती संस्थालाई १५ दिन भित्र रकम दाखिला गरी सम्पर्कका आउन भनेको छ । विभिन्न मितिमा सम्झौता गरी रकम दाखिला नगरेका त्यस्ता व्यवसायिक संस्थालाई सम्पर्कमा नआए कारवाही गर्ने चेतावनी समेत आयोजनाले […]