पाँचथरबाट १४ करोड रुपैयाँ बढीको अकबरे निर्यात

फिदिम । यो वर्ष पाँचथरबाट १४ करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । आर्थिक वर्ष ०७३ र ०७४ मा प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड ३४ लाख ५० हजार रुपैयाँको खुर्सानी जिल्लाबाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए । १९७ हेक्टर क्षेत्रफलमा […]

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

पाल्पा। एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो । अहिले चैते धान रोप्न छाडिएपछि कृषक फुर्सदिला बनेका छन् । चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुनथालेपछि पछिल्लो […]

राजनीतिसँगै भैँसीपालन

स्याङ्जा। युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भैँसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो । २०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो । उहाँ अहिले नेकपा माओवादी […]

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

वालिङ । गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । “स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु […]

भारतीय केराको आयात रोक्न माग

कैलाली। कञ्चनपुरका केरा उत्पादक किसानले भारतीय केराको आयात रोक्न माग गरेका छन् । भारतीय केरा आयातमा लगाइएको भन्सार शुल्क नियमअनुसार बढाएर आयातलाई निरुत्साहित गर्न माग गरेका हुन् । क्वारेन्टाईन चेकजाँचविना आयात हुने केरासंग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको केरा व्यवसाय धरासायी हुने जोखिम बढेको छ । भारतीय उत्पादन सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादन […]

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना […]

बेमौसमी तितेकरेला खेती प्रविधि

तिते करेला क्युकर बिटेसी परिवारमा पर्ने वैज्ञानिक नाम (omordica chanatia) भएको फल तरकारी हो । प्रति एक सय ग्राम ताजा तिते करेलामा भीटामिन ए (बिटा क्यारोटिन) १ सय २६ माइक्रोग्राम र भीटामिन सी ८८ मिलिग्राम पाइन्छ । खनिज तत्वहरू मध्ये फोस्फोरस ७० मिलिग्राम, क्याल्सियम २० मिलिग्राम, र फलाम ०.६१ मिलिग्राम पाइन्छ । करेला खेती कलिला, […]

कौशीमा बाह्रै महिना फलाउनुहोस् कागती

पछिल्लो समय कौशी खेती नेपालमा व्यापक रुपमा भईरहेको पाईन्छ आफुलाई चाहेको अर्गानिक तरकारी फलाउन होस वा फूलहरु रोप्न कौशीको प्रयोग भएको छ । कौशीमा अब तरकारी मात्रै होइन कागती पनि फलाउन सकिन्छ। गमला वा आफैले कुनै ड्रम वा बोरालाई काटी ‘ग्रो ब्याग’ को आकारमा रोपेर फलफूल वा तरकारी फलाउन सकिने कृषि विज्ञहरु बताउँछन्। वरिष्ठ कृषि […]

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस

काठमाडौं । लामो विवादपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ । कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । स्रोतका अनुसार उक्त समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको छ । गत मंसिरमै […]

एक छाक तरकारी किन्न झोला भरि नोट !

एजेन्सी । दुनियाँको यस्तो देश हो जहाको आधा अर्थव्यवस्था केवल पर्यटनमा टिकेको छ । उक्त देश उत्तरी अफ्रीका अदनको खाडी नजिक स्थित सोमालील्याण्ड हो । सोमालील्याण्ड १९९१ मा सोमालियाबाट अलग भएर नयाँ देश बनेको थियो । अहिलेसम्म यस देशलाई कुनैपनि देशले मान्यता दिएको छैन । एक रिपोर्टअनुसार यस देशमा करीब ४० लाख जनसंख्या रहेको छ […]