उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

वालिङ। स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र […]

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा

बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन् । छन्त्यालजस्तै यहाँ बसोबास रहेका […]

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ। गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा […]

धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

नेपालगञ्ज। बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए । उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गरे । यसलाई समयमा नै नियन्त्रण […]

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

ढोरपाटन। बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी […]

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

भोजपुर। व्यावसायिक सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, […]

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ। स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर […]

सिंगामा चिस्यान गृह निर्माण

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार तीन […]

वर्षौंदेखिको बाँझो बारीमा कोदोखेती

गलेश्वर। घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै […]

बङ्गुरपालन व्यवसाय संकटमा

गल्याङ। स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए […]