नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री कोषमा १० लाख सहयोग

चितवन। नेपाल लेयर्स कुखुरा पालक संघले रसुवा बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार रसुवा बाढीपछि सरकारले गरेको सार्वजनिक आह्वानलाई सम्बोधन गर्दै संस्थागत सामाजिक दायित्व स्वरूप उक्त सहयोग रकम कोषमा दाखिला गरिएको हो। अध्यक्ष पोखरेलले बुधबार चीनको तिब्बततर्फबाट […]

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै

ललितपुर। सरकारले भारतसँग जिुटजी (सरकार सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त परिमाणको मल खरिद गर्न लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बाढी तथा विपद्बाट प्रभावितलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने निर्णयसँगै सरकारले कृषि क्षेत्रका […]

बाढी प्रभावित पशुपन्छीको उपचारमा २४ सै घण्टा सेवा

ललितपुर। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा सम्भावित रोग नियन्त्रणका लागि नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले निःशुल्क टेलिपरामर्श सेवा तथा हटलाइन सञ्चालनमा ल्याएको छ। एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श निःशुल्क लिन सक्नेछन्। […]

बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोलि

ललितपुर। बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोलि बाढी प्रभावित क्षेत्रमा पुगेको छ । बाढी प्रभावित क्षेत्रका पशु स्वास्थ्य तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलिले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी गराएको छ […]

बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर।  कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीका कारण पशुचौपायामा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छन्। बाढीपछि पशुचौपायाको आवतजावत र एकअर्कासँगको सम्पर्क बढ्न सक्ने भएकाले रोग संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्री चौधरीले पशु स्वास्थ्यमा विशेष निगरानी र सतर्कता अपनाउन निर्देशन […]

भारतद्वारा गहुँ निर्यातको प्रतिबन्ध फुकुवा

ललितपुर। भारत सरकारले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको लामो प्रतिबन्ध हटाएको छ। यसबाट किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउने र आम्दानी बढ्ने अपेक्षा गरिएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल प्रभाव हुने गरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ श्रेणीमा परिवर्तन गरिएको छ। यसअघि सन् २०२२ को मेमा घरेलु आपूर्ति […]

बाढीबाट प्रभावित पशुपन्छीका लागि कान्तिपुर भेटले निःशुल्क औषधी दिने

ललितपुर।  रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट पशुपन्छी तथा पोल्ट्री फार्ममा ठूलो क्षति पुगेपछि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. ले प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधी उपलब्ध गराउने घोषणा गरेको छ। बाढीका कारण नदी किनारका क्षेत्रमा ठूलो संख्यामा कुखुरा तथा अन्य पशुपन्छी बगेका छन्। बाढीबाट जोगिएका पशुपन्छीमा समेत विभिन्न स्वास्थ्य समस्या तथा रोगको जोखिम बढ्न […]

वीरगञ्ज चिनी मिल पुनःसञ्चालनका लागि स्थलगत अध्ययन

वीरगञ्ज। सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो । त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका […]

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

ललितपुर।  सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ । विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्ने जनाएको छ […]

गौतमले बनाए ‘कृषि पात्रो’ एप

बेलबारी। नेपाली युवाको सिर्जनशीलता र प्रविधिप्रतिको लगावको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका–८ निवासी सेवक गौतमले ‘कृषि पात्रो’ नामक मोबाइल एप निर्माण गरेका छन्। कृषि क्षेत्रसँग सम्बन्धित आवश्यक जानकारीलाई डिजिटल माध्यमबाट सहज रूपमा किसानसम्म पुर्‍याउने उद्देश्यले तयार पारिएको उक्त एपको औपचारिक उद्घाटनसमेत भइसकेको छ। ‘कृषि पात्रो’ एपमार्फत किसान तथा कृषि क्षेत्रमा रुचि राख्ने व्यक्तिले खेतीपाती, कृषि […]