स्वदेशी फूल र माला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो बिक्रीस्थल

ललितपुर। नजिकिँदै गरेको दीपावली तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ । महानगर प्रहरी बलले एक सूचना जारी गर्दै […]

गोदावरी फूलको प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार, मेला कार्तिक १८ गतेसम्म चल्ने

ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार भएको छ । कार्तिक १२ गतेबाट सुरु भएको यो मेलाको चौथो दिन सम्म ३१ हजार बढीले अबलोकन गरेका छन् । प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार […]

‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ दुई दिनलाई थपियो

ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)द्वारा कार्तिक १२ गतेदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजित ‘१९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को दुई दिन समय थप गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुशार पुष्प प्रेमिहरुको माग र कार्तिक १३ देखि १४ गते लगातार परेको वर्षाका कारण २ दिन समय थप […]

पोखराको बेगनासताल किनारमा ‘छैटौं बेगनास फिस फेस्टिभल’ सुरु

कास्की।  पोखरा महानगरपालिका वडा नम्बर -३१ स्थित बेगनासताल किनारमा ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नाराका साथ ‘छैटौं बेगनास फिस फेस्टिबल २०८३’ शुक्रबारदेखि सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको फेस्टिबलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै यस्ता फेस्टिबलले बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार तथा आन्तरिक […]

वर्षाले पनि रोकेन पुष्प मेलाको रौनक, छाता ओढेरै पुगे प्रदर्शनीमा फूलप्रेमी

ललितपुर। फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा वर्षाका बीच पनि अवलोकनकर्ताको चहलपहल देखिएको छ। प्रदर्शनीको दोस्रो दिन लगातार पानी परिरहे पनि फूलप्रेमीहरू छाता ओढेरै मेला स्थल पुगेका हुन्। अवलोकनसँगै विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री खरिद गर्न दर्शकको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ। जावलाखेलस्थित प्रदर्शनी स्थलमा विभिन्न […]

तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ चौंथो फ्लोरा एक्स्पो आयोजना हुने

काठमाडौं।  नर्सरी व्यवसायी संघ नेपालले ‘चौंथो तिहार फ्‌लोरा एक्स्पो २०८३’ आयोजना गर्ने भएको छ । संघले कार्तिक १७ गते देखि २१ गते सम्म (पाँच दिन) तिहारको उत्सव, फूलको महोत्सवु भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो । नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै भृकुटीमण्डपको प्रदर्शनी […]

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथाव

चितवन। चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका […]

कात्तिक १२ गतेदेखि १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

काठमाडौं।  फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म […]

६ महिनामा ९५ हजार पशुपन्छीको बीमा, गाईभैँसी ७६ हजार

ललितपुर।  किसानहरूमा कृषि तथा पशुपन्छी बीमामा आकर्षण बढेको देखिएको छ । सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् भने किसानले सवा अर्ब रुपैयाँभन्दा बढी प्रिमियम अनुदान प्राप्त गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पशु सेवा […]

बाँझो जमिन ब्युँझाउने शासकीय औजार: “भूमि बैंक”

एकातिर देशका लाखौँ हेक्टर उर्वर खेतीयोग्य जमिन दशकौँदेखि झाडीमा परिणत हुँदै छन्, अर्कोतिर देशभित्रै केही गर्छु भन्ने ऊर्जावान् युवाहरू खेतीका लागि एक टुक्रा जग्गा नपाएर भौँतारिरहेका छन्। यो गम्भीर राष्ट्रिय विरोधाभासलाई चिर्न सरकारले अघि सारेको ‘भूमि बैंक’ ले के साँच्चै नेपालको संकटमा परेको माटोलाई न्याय देला, या यो फेरि अर्को कानुनी दाउपेच मात्र बान्ला ? […]