एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै

बुटवल। असार रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो । रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले बुटवल उपमहानगरपालिका– १६ र सैनामैना नगरपालिका– १ […]

जमिन पाएँ भन्दैमा जे पनि गर्न छुट छैन : कृषि मन्त्री

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले नेपालमा जग्गाको वर्गिकरण निकै अवैज्ञानिक रहेको भन्दै यसलाई वैज्ञानिक वर्गिकरण र मूल्यांकन पद्धतिको विकास गर्नुपर्ने बताएका छन् । उनले बुधवार राजधानीमा आयोजित नेपालमा अचल सम्पत्तिको मूल्यांकन विषयक कार्यशाला गोष्ठिको उद्घाटन गर्दै जमिन पाएँ भन्दैमा जे पनि गर्ने छुट नभएको बताए । ‘अहिले सबै संरचना जोखिमपूर्ण, अव्यवस्थित […]

मुलुकभर २२ प्रतिशत रोपाइँ सम्पन्न

ललितपुर। मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्राप्त तथ्यांकअनुसार उच्च पहाडी १४ जिल्लामा ५८ हजार १५८ हेक्टर, मध्यपहाडी ३९ जिल्लामा तीन लाख ९९ हजार ६७५ हेक्टर र […]

दूधमा युरिया छैन : कृषि मन्त्री

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दूधमा युरिया नभेट्टिएको पुष्टि गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उहाँले केही साताअघि केही सञ्चार माध्यमले दूधको परीक्षण प्रतिवेदन नआउँदै दूधमा युरिया भेट्टाएको समाचार सम्पे्रषण गरेर उपभोक्तालाई भ्रम सिर्जना गरेको बताउनुभयो । मन्त्री खनालले अनुगमन गरिएका शत्प्रतिशत अर्थात् ४२ दूध सङ्कलन […]

मापदण्ड पुरा नभए कालिमाटी बजार नै बन्द गरिने : कृषि मन्त्री

ललितपुर।  कालिमाटी तरकारी बजार र विभिन्न दूध उद्योगमा छापा मारेर एकाएक चर्चामा आएका कृषि मन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजारमा रहेका व्यवसायीहरुलाई कारबाहि गर्ने निर्णयबाट पछाडि हटेका छन् । आफु स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका विभिन्न तरकारीका स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उहाँले आफुले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पार्नुभयो । मंगलबार […]

बाह्र हजार फलफूलका बिरुवा वितरण

रसुवा।  जिल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ । कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । बिरुवा संरक्षण गर्न […]

नेपालमा सिफारिस गरिएका कागतीका जात र तिनका जातीय गुणहरु

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिन्छ । पछिल्लो समय कागती खेती प्रति आम कृषकको आर्कषण बढ्दै जाँदा कुन कागती लगाउने भन्ने दुविधा रहेको पाईन्छ । यसका लागि फलफूल विज्ञ हरि सुवेदीले दिनुभएको जानकारी मूलक लेख । १. सुनकागती–१ […]

ब्रोकाउली खेती

खाने भाग हरियो, सेतो र वैजनी रंगका हुने तीन प्रकारका ब्रोकाउली हुन्छन् । नेपालमा खेती गरिने ब्रोकाउली हरियो रंगका छन् । ब्रोकाउलीका जातहरू बाली अवधिका आधारमा ३ किसिमका हुन्छन् । ती हुन् अगौटे, मध्यम मौसमी र ढिलो बाली तयार हुने जातहरू ढिलो बाली दिने जातलाई डुकु आउन, फूल्न र बीउ लाग्न ठण्डी तापक्रमको आवश्यकता पर्दछ । […]

धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको तयारी

ललितपुर। सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको बैठकले धानको समर्थन मूल्य तोक्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गर्ने निर्णय गरेको आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। धानको उत्पादन, बजार व्यवस्था, प्रचलित मूल्य लगायतको विश्लेषण गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई एक […]

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

ललितपुर। ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल […]