हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ । नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे परियोजनाले धान अनुसन्धानका क्षेत्रमा नयाँ […]

दूध उत्पादक कृषकलाई १८ लाख अनुदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान वापत रु. १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीतिबमोजिम गाउँपालिकाले प्रोत्साहनस्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी […]

तिला गाउँपालिका : सिमी जोन कार्यक्रम सञ्चालन हुने

खलङ्गा। जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो । […]

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा बढुवा

ललितपुर। सरकारले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय शर्मा, डा.निरु दाहाल पाण्डे र […]

बेर्ना सारेको एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीमै हेलिप्याड निर्माण

गोरखा। उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करीब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए । चुमनुब्रीकिसान […]

रसुवागढी नाकाबाट एकैदिन १० कन्टेनर स्याउ आयात

रसुवा। रसुवागढी नाकाबाट आइतवार एकैदिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतवार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ । आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने […]

बाँकेमा दाना उद्योग स्थापना, प्रतिघण्टा ६ टन दाना उत्पादन हुने

खजुरा। बाँकेको खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ । कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ । सो कार्यका लागि हालसम्म रू। एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शंकर न्यौपानेले जानकारी […]

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

चितवन। जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको […]

‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलमा

विराटनगर। प्रदेश नं १, प्रदेशसभाको शुक्रबार बसेको बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो प्रस्ताव सभामा पेश गरेका थिए । विधेयक माथिको सैद्धान्तिक छलफलमा सदस्य चुमनारायण […]

नेपालको कृषि विकास क्रमको ऐतिहासिक विवेचना   

हिमालयको काखमा अवस्थित नेपाल  जैविक बिभिदता , बिभिद हावापानी , हिमाल पहाड तराई सहितको उर्वर भुमी ले सु-सज्जीत तथा प्राकृतिक सम्पदाले धनि  साथै लामो मानव सभ्यता बोकेको  मुलुक हो । यही प्राकृतिक अनुपममा लोभिएर धेरै पहिले देखी हाम्रा पुर्खाहरु यस भुमिमा आई यहाको सितलता तापी मन्त्र मुग्ध भई बसोवास गरेका थिय ।मानव अस्थित्वको ईतिहास हेर्दै […]