हिमालयको काखमा अवस्थित नेपाल  जैविक बिभिदता , बिभिद हावापानी , हिमाल पहाड तराई सहितको उर्वर भुमी ले सु-सज्जीत तथा प्राकृतिक सम्पदाले धनि  साथै लामो मानव सभ्यता बोकेको  मुलुक हो । यही प्राकृतिक अनुपममा लोभिएर धेरै पहिले देखी हाम्रा पुर्खाहरु यस भुमिमा आई यहाको सितलता तापी मन्त्र मुग्ध भई बसोवास गरेका थिय ।मानव अस्थित्वको ईतिहास हेर्दै जादा नेपालमा मानव अस्थित्व  पुर्व पाषणकालिन  समयमा करिव एक करोड दस लाख बर्ष पहिले देखी भएको अनुमान छ । बुटवलको तिनाउ खोलामा भेटिएको प्राचिन मानव रामपिथेकसको अवशेष पनी एक करोड दश लाख बर्ष पुरानो रहेको अनुमान छ यस बाट पनी नेपालमा मानव अस्तित्वको ईतिहास धेरै अगाडी देखी थियो भन्ने प्रमाणित गर्दछ । पुर्व पाषणकाल देखि मानवको उपस्थित भई पाषणकालिन अवस्था देखी नै सभ्यता रहेको नेपाल र यहा बसेका नेपालिहरुको जिविकाको मुख्य आधार पहिले देखी नै कृषि तथा पशुपालन थियो ।प्राग ऐतिहासिक अध्यन गर्न बिभिन्न समयमा भएका उत्खनन तथा प्राप्त बस्तुको अन्भेषणको नतिजाको आधारमा नेपालमा नवपाषणकालिन हातहतियारहरु निकै परिष्कार रुपमा भेटीएका छन । यहाँ नवपाषण युगको अन्त्य तिर देखी नै कृषिको विकास, विभिन्न बालिनालिको खेती गर्ने कार्यको थालनी, माटाका भाँडाकुडा बनाउने, पशु पाल्ने जस्ता कार्यमा मानिसहरु संलग्न भएको पाईन्छ । त्यसताका  महिलाहरू मुख्यतः आदिम कृषिमा लागेका थिए र पुरुष सिकारमा । सिकार मौसममा धेरै निर्भर थियो र त्यसको नतिजा निश्चित हुँदैनथ्यो ।त्यसताका कृषि आजीविकाको धेरै भरोसायोग्य स्रोत थियो ।

बिभिन्न अध्यन अनुसन्धान प्राप्त नतिजाहरु साथै ईतिहासकार तथा समाज शास्त्रीका अनुसार नेपालमा धेरै पहिला देखी मानव वसोवास रहेता पनी औपचारीक प्रशासनीक रुपमा राज्य खडा गरी पहिले गोपाल बंशीहरुले शासन गरेका थिय । नेपालमा गोपाल बंश ले ईसा पुर्व करिव २१०० बर्ष अगाडी पहिलो पटक काठमाण्डौमा राज्य स्थापना गरेका थिए भन्ने कुरा थाहा हुन आउछ । गोपाल बंशीहरुको मुख्य पेशा गाईपालन थियो र प्रमुख सम्पती पनी गाईनै मानिन्थ्यो  ।कर्कपैट्रिक बंशावली अनुसार गोपाल वंश ले नेपालमा ४९१ बर्ष शासन गरे र त्यस पछी नेपालमा महिषपालहरु ले शासन गरेका थिए, यिनिहरु भैषी पालक थिय साथै मुख्य पेषा भैषी पालन थियो । यिनिहरुले करिव १११ बर्ष शासन गरेका थिए । गोपाल वंशी र महिसपाल बंशीको शासनकालमा पशुपालन मुख्य पेषा थियो भने कृषि लाई सहायक पेषाको रुपमा लिईन्थ्यो ।

महिषपाल पछी किरातहरुले शासन गरेका थिए । नेपालमा किरात शासन ब्यावस्था करिव ई.पु. १५०० बर्ष अगाडी देखी करिव १६३० बर्ष सम्म रहेको साशन संचालन गरेको भन्ने कर्कपैट्रीक ले नेपाल बारे लेखेको ईतिहाँसमा उल्लेख भएको पाईन्छ । किराँत कालमा उपत्यकामा प्रसस्त बस्तीहरु स्थायी रुपमा बसी सकेको थियो । यो समयमा आएर पेषामा बिभिदिकरण आएको थियो  किराँत कालको आर्थिक जिवनको मुल आधार नै पशुपालन, कृषि, कृषिमा आधारित सानातिना उधोग तथा ब्यापार रहेको मानिन्छ ।कृषिको उन्नतीका लागी कुलोको व्यावस्था त्यती बेला देखीनै प्रयोगमा ल्याईएको थियो । किरातहरु माछा, मासु, दुध, दही, साग सब्जी, चामल खाने तथा मध्यपान गर्ने आदी गर्दथे उनिहरु खेती गर्ने र बाली काट्ने समयमा विशेष चाड(उधौली र उभौली) मनाउने चलन हुन्थ्यो ।त्यति बेला जनता बाट कर उठाउन कुथेर अड्डाको स्थापना भएको थियो, कुथेर अड्डाले त्रिकर(भाग, भोग, कर) उठाउथ्यो । कृषिमा लाग्ने कर “भाग”, पशुपालनमा लाग्ने कर “भोग” र वाणिज्यमा लाग्ने कर लाई “कर” भनिन्थ्यो ।  कौट्ल्यको अर्थशास्त्रमा अमुल्य चिजहरुको संकलन गर्दा नेपालको ऊनी बस्तुको उल्लेख भएको छ । किराँतकालीन व्यापार–व्यवसाय मगधको पाटलीपुत्र बजार र उत्तरको चीनसम्म फैलिएको र त्यहा नेपालमा बनेका ऊनी कम्बलको माग थियो भनी कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ । यस बाट त्यतिबेला ऊनी उधोगको व्यावसाय नेपालमा उच्चकोटीको भएको  र ऊनी उत्पादनका लागी प्रशस्त भेडा पालन गरिने गरिएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालमा ई.पु. ३०० बर्ष अगाडी देखी लिच्छिविहरुको शासन ब्यावस्था सुरु भएको थियो । नेपालमा लिच्छिवीकालिन शासन ब्यावस्थालाई स्वर्ण युग भनिने गरिन्छ । यो समयमा धेरै क्षेत्रमा विकास भएको थियो । कृषि क्षेत्रको विकासमा पनी लिच्छिवीकालमा विशेष प्राथामिकता दिईएको पाईएको छ । यस समयमा कृषि उत्पादन बढाउन बिशेष जोड दिईन्थ्यो । आकासे पानीको भर पर्नु नपरोस भनेर खेती गर्नको लागी राजकुलोको ब्यावस्था गरिएको थियो भने यस्तो कुलाको पानीको बाँडफाडमा कुनै बिबाद नपरोस भनी उचित ब्यावस्था मिलाईएको हुन्थ्यो । जग्गा धनिलाई भु-स्वामित्वको लागी सरकारको तर्फ बाट लेख्य पत्र दिईन्थ्यो र त्यस्तो जग्गा किनबेच हुन्थ्यो । कृषि उत्पादनको अंश पोतको रुपमा सरकारी कोषमा जान्थ्यो, एक अंश पोतको रुपमा जग्गा धनिले पाउथे भने बाँकी खेतिवाला ले पाँउथे । त्यसबेला कृषि उत्पादनमा धान र गहुको खेतीनै धेरै गरिन्थ्यो साथै फलफूल सागपातको पनी उत्पादन राम्रो हुन्थ्यो भने उखु खेती पनी राम्रो संग हुन्थ्यो । लिच्छिवीकालमा जनताको आयश्रोतमा पशुपालनको पनि प्रमुख स्थान रहेको थियो । गाई, चमरीगाई, भैषी, भेडा, घोडापालन बिशेष रुपमा हुन्थ्यो । यसैगरी हाँस, कुखुरा, सुगुर, माछापालन पनी व्यावसायीक रुपमा हुन्थ्यो । नेपाल बाट  बिदेश निर्यात हुने प्रमुख बस्तुमा ऊनी थियो यस बाट पनी बुझ्न सकिन्छ त्यो बेला  भेडापालन प्रसस्त मात्रमा हुन्थ्यो ।नेपाल बाट बाहिर निर्यात हुने बस्तुमा ऊन, फलाम, चमर, कस्तुरी, तामाका भाँडाकुडा ईत्यादी थिए । यसरी कृषि, पशुपालन, उधोग, ब्यापारको अवस्था राम्रो हुनाले त्यसबेलाको आर्थिक विकास राम्रो भएको थियो । धान कुट्ने, तेल पेल्ने, कपडा बुन्ने, कागज बनाउने, मूर्ति कुद्ने उद्योगहरू खुलेका थिए । यसले गर्दा नेपालको आर्थिक स्थितीमा ठुलो सम्बृद्दी उत्पन्न भयो ।लिच्छविकालमा कृषि सम्बन्धी जग्गा जमिन सामान्य तया तीन प्रकारका थिए, राजाबाट ब्याक्तिगत रुपमा दिएको र धार्मिक संघ- संस्थाहरु लाई दिएको जग्गालाई बिर्ता  भनिन्थ्यो,  सरकारी कर्मचारीलाई जागिरको रुपमा दिएको जमिनलाई बृत्ति भनिन्थ्यो । अर्को तेस्रो प्रकारको जग्गा आजकालको जस्तै रैकर थियो । बिर्ताको उपभोग दरसन्तान ले गर्न पाउँदथे र साथै बिर्ता भाग, भोग र कर बाट पनि मुक्त हुन्थ्यो । सरकारले पाउने त्रिकर (भाग, भोग, कर) बिर्तावालले पाउँथ्यो । जागिरका रुपमा प्राप्त भएको बृत्ति जग्गा जागिर छउन्जेल सम्म मात्र सरकारी कर्मचारीले भोग चलन गर्न पाउँथ्यो  । राजा अंशुबर्माको पालामा कृषि तथा पशु व्यावसायलाई उच्च प्राथामिकता दिई अन्य क्षेत्रको विकास संगै यस क्षेत्रको विकासलाई पनी प्राथामिकता दिएका थिय । कृषकहरुले आफ्ना बाबु-बाजेले अपनाएको पेशाअनुसार पशुपालनमा राम्ररी हेरचाहगरि उत्पादन बढाएमा उनिहरुलाई प्रोत्साहन स्वरुप भट्टाधिकरणबाट मुक्ती दिने(बाबु बाजेले गरेको काम गर्ने पर्ने बाध्यता) निति पनी अंशुबर्माले अपनाएका थिय । यस कुराको प्रमाण नेपाल संबत २९ मा राख्न लगाएको बुङमतीको अभिलेखबाट पाईन्छ । उक्त अभिलेखमा स्पष्ट शबुदमा भनिएको छ -“कुखुरा,सुगुर, मल्लका बच्चा र माछाको हेरचाहले खुशी भएका हामीबाट भट्टाधिकरणले पस्न पाउने गरी तिमिहरुलाई निगाह गरिएको छ ।”

नेपालमा मध्यकालीन अर्थ व्यवस्थामा कृषि मेरुदण्डको रुपमा रहेको थियो । बहुसङ्ख्यक जनताको आयस्रोत तथा जीविकोपार्जन कृषि थियो ।काठमाडौं उपत्यकामा त्यतिबेला कृषि पेशा निकै फस्टाएको थियो । यहाँको मलिलो माटोमा त्यसबेला धान, गहुँ, तोरी आदि उब्जनी हुन्थ्यो । कृषिको निम्ति चाहिने पानीको व्यवस्था मिलाउन कुलो तथा बाँधको बन्दोबस्त पनि गरिएको थियो । कुलोको निर्माण गर्न जन सहभागिताको उपयोग पनि गरिन्थ्यो । यस सम्बन्धमा केही नियमहरू बनेका थिए । यसअनुसार राजकुलोको पानीले धान रोप्नु परेमा आधा दामको दरले पैसा तिर्नुपर्ने, कुलो बनाउन सहयोग नगर्नेले दण्ड तिर्नुपर्ने, खेतमा पानी लाउँदा ठूलो र सानो भनी पालो मिच्न नपाइने नियम थियो । कुलोसम्बन्धी हेरविचार गर्ने अधिकारीलाई ढलपा भनिन्थ्यो ।खेतको नापका निम्ति कर्ष इत्यादिका शब्दहरूको प्रयोग गरिएको पाइन्छ । त्यसबेला चार कर्षको एक रोपनी भनिन्थ्यो । मध्यकालमा जयस्थिति मल्लले जग्गाको निम्ति छुट्टै व्यवस्था गरेका थिए । यिनले जग्गालाई उब्जनीको आधारमा अब्बल, दोयम, सिम र चाहार गरी चार वर्गमा वर्गीकरण गरेका थिए । यस्तै रामशाहले कृषियोग्य भूमिको विस्तार गर्न उत्पादन योग्य बनाएमा तीन वर्षसम्म जग्गा धनीका अधिकार कायम रहने नियम बनाएका थिए । यसभन्दा अघि धान, गहुँ, जौ, भटमास, दालजस्ता  खाद्यवस्तुको उत्पादनमा जोड दिइन्थ्यो । समग्रमा हेर्दा मध्यकालमा पनी अर्थ व्यावस्थाको मेरुदण्ड कृषि भएता पनी नेपाल राज्य बाईसे चौबिसे तथा स-साना गणराज्यमा विभाजन तथा ति राज्यहरुका आपसमा भएका कलह, मन्दीर तथा शालिक बनाउने होडबाजी तथा सोका लागी मात्रै धनरासी खर्च भएका कारण कृषिको आधुनिक विकास उति सारो भएको थियन । तर यहि वेला देखी बेलायत लगायत युरोपेली मुलुकमा कृषिको विकासका लागी अनेक खोज हुन थालेको पाईन्छ । कृषिमा यान्त्रिकरण हुन तथा नया जातका बिउबिजन तथा पशुपक्षीको विकासमा त्यहाको समाज ले सफलता पाईसकेको थियो ।

नेपालमा पृथ्वी नारायण साहको सासनकाल देखीको समयलाई आधुनिक काल भनिन्छ । आधुनिक कालमा पनी अनेक राज्यलाई एकिकरण गरी एक ढिक्का बनाउन सवै श्रोत, साधन तथा सामर्थ  खर्च भएको साथै कृषिको विकासका लागी आधुनिक खोज तथा विकासमा  राज्यको ध्यान जान नसकेकोले कृषि भने परम्परागत बाट माथि उठ्न सकेको थियन । यधपी पृथ्वीनारायण शाहले कपासजस्तो नगदे बालीको उत्पादन बढाउन प्रोत्साहित गरेका थिए भनिन्छ । कपासको उत्पादनबाट कपडा उद्योगको विकास गर्न सकिन्छ भन्ने उनको धारणा थियो । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ   ।

पृथ्वी नारायण शाहको देहवसान पस्चात राज्य एकिकरणको क्रम नसकिएको तथा सो पस्चातका कमजोर शासक,  राज्यसत्ता माथीको भाईभारदार तथा रानीहरुको खिचातानी, आपसी फुट खटपट र सोही समयमा नेपाल अङ्ग्रेज युद्द, नेपाल तिब्बत युद्द जस्ता उत्पन्न परिस्थितिले समग्र अर्थ ब्यावस्था थिलथिलो भएका कारण कृषिको विकास तथा यस तर्फ राज्यको ध्यान जान सकेन । सत्ताको खिचातानी तथा यसका लागि उदाएका गुट उपगुट ले नेपालको राज्यसत्तामा बि.स. १९०३ मा जहानिया राणा शासनको उदय भयो । यो बेला सम्म युरोप, अमेरीका तथा कयौ मुलुकहरुमा कृषिको विकास चरम उत्कर्षमा पुगेको थियो । कृषि संग सम्बन्धी आधुनिक उधोगहरु संचालनमा आएका थिय भने यि देशहरुमा आधुनिक कृषि औजार उपकरणको विकास भई ब्यापक प्रयोगमा आएका थियो । राणा शासनको उदय सगै समग्र राज्य सत्ता तथा राज्य व्यावस्थामा समेत परिवर्तन ल्यायो, कृषिको विकासमा पनी केही नया आयामहरु थपिए । जंग बहादुर राणाले बेलायत कि महारानी भिक्टोरियाको निमन्त्रणामा बि.स. १९०६ देखी बि.सं. १९०९ सम्म बेलायत भ्रमण गरे बेलायतको भ्रमणको क्रममा त्यहाँको विकास बाट लालाईत भई  त्यहा बाट फर्कदा स्थानिय गाईको नश्ल सुधार गर्न १ वटा जर्सी साढे र २ वटा गाई, रातो क्लोभर घाँसको बिउ, नदि बाट पानी तानी सिचाई गर्नको लागी ३ वटा पानितान्ने मेसिन, एक दुई किसिमका फलका बेर्ना लिएर आएका थिए भनिन्छ । काठमाण्डौ को भकारी भनेर चिनिने पस्चिम बनको शेरा फाँटबाट मात्र अन्नको पुर्ती हुन छाडेकोले पस्चिम पहाडी क्षेत्रहरुमा बिसाल टारहरु संभवत बटार, सल्यानटार लगाएतका टारहरुमा सिचाईको प्रवन्ध गर्न सकेमा अन्नको सङ्कट हटाउन सकिन्छ भन्ने उद्देश्यले नदिबाट पानी तानी सिचाई गर्न ति पानितान्ने मेसिन बेलाएत बाट जङ्ग बहादुर ले ल्याएका थिए भनिन्छ त्यस्तै दापचाली लगाएतका पहाडी गाईहरुको वंश सुधार गर्न जर्सी साढे र तिनिहरुलाई पोषिलो घाँस खुवाउन रातो क्लोभरको बिउ समेत ल्याएका हुन भनिन्छ । यसै बेला देखी कृषिमा आधुनिकताको सुरुवात भएको मानिन्छ । जङ्ग बहादुरमा  कृषिको विकास उसै बेला देखी गर्नु पर्छ भन्ने भावना आएको थियो । जंगबहादुर राणाकै पालामा नेपालमा चिया खेतीको शुरुवात ई.सम्बत १८६३ (वि.स. १९२०) देखि भएको मानिन्छ । त्यतिखेर तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणमा गई फर्कदा चिनिया सम्राटबाट केही चिनिया जातका चियाका बीउ उपहारस्वरुप पाएकाले फर्कदा ल्याएर नेपालमा भित्र्याएका थिए भनिन्छ । उनले सो चियाको रोप्ने आदेश इलामका तत्कालिन बडाहाकिम कर्नेल गजराज सिंह थापालाई दिएपछि इलाममा पहिलोपटक चिया बगान स्थापना भएको थियो जसलाई हाल इलाम चिया बगानको नामले चिनिन्छ । त्यसैगरी सन् १८६५ (वि.स. १९२२) मा सोक्तिम चिया बगानको स्थापना भएको थियो । नेपालको पहिलो चिया कारखाना इलाममा सन् १८७८(वि.स. १९३५)  मा स्थापना भएको थियो ।

जङ्ग बहादुर राणाको मृत्यु पस्चात जङ्ग खलक र धिर खलक को सत्ताको तानातान लुछाचुडीले नेपाली आकासमा  कालो बादल मडारियो । सत्ताको दाउपेचमा पल्कियका शासकहरुले कृषिको विकास तर्फ उति सारो ध्यान दिन सकेनन । सिमित प्रविधिहरु दरबारमा मात्र सिमित भए भने स-साना कुलो बनाउने जस्ता कार्य बाहेक अन्य कृषिका विकासका काम ठप्प भए । यता समग्र अर्थतन्त्र राणाको कब्जामा थियो ।  त्यस बेला नेपाल कृषि प्रधान मुलुक थियो भने देशका ९५% जनता कृषिमा आश्रीत थिय तर अधिकाम्स तराई तथा पहाडकै पनी उब्जाउ भुमि राणा र उनका समर्थकको अधिनमा थियो । यिनिहरु यस्ता उब्जाउ जमिन बिर्ताको रुपमा दर्ता गराउँथे, बिर्ता जमिनको राजस्व तिर्नुपर्दैन थियो यसले गर्दा सरकारलाई राजस्वमा ठुलो हानी हुन्थ्यो ।ठूला- ठूला जग्गा पनी राणाका पेवा जस्तै थिय । कृषि परम्परागत थियो, शासकहरु बाट बैज्ञानिक तवर बाट कृषि उत्पादन बढाउने उपाय बारे खासै कार्य अगाडी बढाईएन । किसानको अवस्था गए गुज्रेको थियो  ।धेरै पहिला देखी चलि आएको  बेदखली(अधिकार बाट बन्चित गराईने काम), बेठ(ज्याला नपाई गर्नु पर्ने काम), बेगारी(ज्याला बेगारको खेतालो), हलिया( ऋण लिए बापत खेतिका समयमा जमिन्दारका खेतमा ऋण चुक्ता नभए सम्म श्रम गर्ने कृषि श्रमिक ), बाँधा श्रम(जमिन्दार बाट धन सापट लिए बापत सो सापटी नकटुन्जेल सम्मको लागी नोकरी गर्न कबुल गरेर बसाईने ब्याक्ती)  आदी प्रथाले किसान पिडित थिए ।

नेपालमा कृषि विकासको संस्थागत प्रयास

प्रथम बिश्व युद्द ले थलथलो पारेको बिश्व साथै त्यस बेला नेपालमा पारेको असर ले तथा त्यो असर को दल दल बाट माथि उक्सन राणा प्रधानमन्त्री चन्द्र सम्सेर ले कृषि क्षेत्रको विकास बाट सम्भव देखी कृषि विकासको संस्थागत विकास को थालनी कार्य बि.सं. १९७८ मा  चारखालमा पहिलो कृषि सम्बन्धी काम गर्ने कृषि अड्डाको स्थापना गरे । चन्द्र सम्सेर कै पालामा  सप्तरी जिल्ला को उत्तर पश्चिम फत्तेपुर स्थित त्रियुगा नदीमा चन्द्र नहर निर्माण गरिएको थियो यो नहर नेपालकै पहिलो आधुनिक नहर हो । यसको निर्माण कार्य वि.सं १९७९ मा सुरु भइ वि.सं १९८५ मा कार्य सम्पन्न भएको थियो। उन्नत अन्नपात, फलफूल, उन्नत दुधालु जातका गाई भैसी, धेरै फुल पार्ने पानी हाँस साथै कुखुराहरु सर्वसाधारणको पहुँचमा पुर्याउन  वि. सं. १९८२ सालमा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म खुल्यो यसै बर्ष बाट कृषि अड्डा लाई कृषि बिभागमा परिवर्तन गरियो । सिंहदरबार परिसरमा स्थापित फार्म ले कृषिका अन्नपात, सागसब्जीका बिउबिजन निकाली परिक्षण गरि कृषकहरु लाई वितरण गर्ने प्रबन्ध मिलाएको थियो । अहिले पनी हाम्रो गाँउघरमा स्थानिय रुपमा पाईने लेकाली मुडुला गहु, बासमती धान, कैला भटमास, ग्याठकोबी, बन्दाकोबी, गाजर, चुकुन्दर, बेलायती मटर, ठुला गोलभेडा ईत्यादी यही फार्मका देन हुन भनिन्छ ।चन्द्र सम्शेरका पालामा  युवाहरुलाई कृषि पढ्न बिदेश पठाउने र तिनिहरुलाई नेपालमा काममा लगाउने जस्ता काम पनी भए ।कृषि क्षेत्रमा लगानी गर्ने तेजारथ अड्डाको स्थापना गरी कृषकहरुलाई ऋण लगानी गर्ने काम पनी त्यती बेला भएको थियो ।चन्द्र संशेर राणा कै पालामा मधेसको अन्न काठमाण्डौ ल्याउन रक्सौलबाट अमलेखगन्ज सम्म रेल्वे, अमलेखगन्ज बाट भिमफेदी सम्म मोटर बाटो , भिमफेदी देखी मातातिर्थ सम्म रोपवे र मातातिर्थ देखी मोटर ट्रेलवे निर्माण गरी संचालन भएको थियो । कृषि बस्तु निकासी तथा पैठारी गर्न पनी बजार अड्डाको स्थापना यसै समयमा भएको थियो ।दाश प्रथा सति प्रथा जस्ता नेपालि समाजमा बर्षौ देखि चलि आएका कुप्रथाको पनी अन्त्य चन्द्र संशेर ले गरेका थिय ।  चन्द्र शंशेरको मृत्यु बि.सं. १९८६ मंसिर ११ गते भयो उनको मृत्यू ले नेपाली कृषिमा अपुरणिय क्षेती पर्न गयो ।

चन्द्र शंशेरको मृत्यु पस्चात कृषिको विकासले खासै गती लिन सकेन ।  पछि कृषिको समग्र विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा कृषि परिषद्को गठन भयो । परिषद्‌बाट कृषि विकासको लागि कृषि फार्महरू खोल्ने, सर्भेक्षण कार्यहरू गर्ने जस्ता कार्यहरू भए छाउनी बालाजु र गोदावरीमा फलफुल नर्शरी स्थापना भयो । बि.स. १९९७ मा SadarQW Experimental Farm तहाचलमा परिक्षणको रुपमा केही तरकारी बिउ उत्पादन गरी जुद्ध सडक स्थित बिज भण्डार बाट बिक्री सुरु गरियो । वि. सं. १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरीनरी अस्पतालको स्थापना भयो । त्यसै वर्ष नहर शाखाको समेत स्थापना भयो । वि. सं. २००० मा मकवानपुरको चित्लाङ्ग र नुवाकोटको ककनीमा भेडा फार्महरू खुले । वि. सं. २००४ मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एण्ड रिसर्च फार्म खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो । यसै बर्ष बाट भारतक मोतिहारी जिल्ला बाट बिभिन्न जातका ५००० माछाका भुरा ल्याई सानो टुडिखेलको पोखरीमा माछा पालनको सुरुवात गरियो यसैलाई नेपालमा आधुनिक मत्स्य पालनको सुरुवात भन्ने गरिन्छ, मोहन शंशेरका पालामा गरिएको सो कार्यका लागी रु.३००।– निकाशा भएको थियो भनिन्छ ।  यसरी १०३ बर्षे राणाकालमा कृषि विकासको संस्थागत प्रयास भएको पाईन्छ ।

राज्य तह बाट कृषिको विकासमा जे जस्तो प्रयास भएता पनी नेपाली किसानको कृषि उत्पादन शैली अबैज्ञानिक थियो भन्न कदापी मिल्दैन, धेरै पहिला देखी नै किसानहरुले आफ्नो बल बुताले भ्याए सम्म मौलिक तरिकाले खेतीपातीको काम गरेका थिय । पहाडका पाखाहरु ढुङ्गाका पर्खाल खडा गरी  सम्माई  तथा अजङ्गका पहाडहरु फोरी कुलो निकाली  खेती गर्ने गर्थे । बिउ अनुसारको बालो भन्ने नेपाली उखानै छ त्यही अनुसार धेरै बाली उब्जाउन राम्रो बिउको छनौट गर्थे । बिउ खानु भनेको जिउ खानु जस्तै हो भनी बिउ छुट्टाएर मात्र अन्य अनाज खान्थे ।राम्रो संग फलेर परिपक्क भई सकेका बालाहरु बल्याई सङ्कलन गर्ने र ति बाट पनी पुष्ट दानाहरु लाई मात्र बिउका लागी राख्थे ।  बिउ किरा बाट जोगाई लामो समय सम्म भण्डारण गर्नको लागी माटाका घैटामा बिउ राखी खुरसानीको धुलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्दथे ।पहाडी क्षेत्रमा बर्षादको पानी तथा भेलबाट हुने  भु–क्षय रोक्न तथा भु–स्खलन बाट जमिन जोगाउन  कान्ला तथा बारिका डिलमा खर, बास, अम्रिसो साथै बिभिन्न खाले डाले घाँसका बिरुवाहहरु रोप्थे तथा जैविक छेकेवारको निर्माण गर्दथे ।मकै बारिमा उर्वरा शक्ती कायम गर्न मकै बाली पछी मास, मस्याङ को बाली लगाउनु पर्दछ भन्ने तथा धान लगाएको खेतको आलीमा भटमास लगाउनु पर्दछ भन्ने बिषयको ज्ञान नेपाली किसानहरुले धेरे बर्ष अगाडी देखी पाई प्रयोगमा ल्याएका थिय । किसानहरुले  धेरै बर्ष अगाडि देखि  कृषि उपजहरुको प्रशोधन सम्बन्धी प्रबिधि तथा उपकरणहरु उत्पादन साथै ढुवानी संग सम्बन्धी बिभिद तेल पेल्ने कोल, उखु पेल्ने कोल, चुक अमिलो बनाउने कोल, ढिकी, जाँतो, ओखल, पानी घट्टहरू, कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी आदी प्रयोग तथा अनेक प्रविधिहरुको विकास त त्यस बेला त भएको थियो जो आज सम्म पनी नेपाली समाज बिधमान छ । समय अनुसार परिवर्तन हुन नसक्दा तथा आजको एकाईसौ सताब्दीमा भुगोल सुहाउदो अनुसन्धानमा आधारित विकास गरी किसान सम्म पुर्याउन बर्षौ देखी राज्य तह चुक्दा आजसम्म नेपाली कृषि ईतिहास बाट सन्तोष जनकरुपमा माथी उठ्न नसकि रहेको छ  ।