अलैँची मासिन थालेपछि किसान चिन्तित

मङगलबारे। नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो […]

व्यावसायिक कृषिले फेरिएको जीवन

भोजपुर। कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसायमार्फत लाखौं आम्दानी गर्न सफल भएका छन्। पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौंलगायत सहरमा […]

दुध उत्पादन बढाउन भैँसीपालन किसानलाई अनुदान

गोरखा। पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिए । ‘सबै किसानले गोठमा भैँसी ल्याएपछि प्रत्येकलाई खरिदबापत ३० हजार तथा […]

सिँचाइका लागि आलोपालो प्रणाली

टीकापुर। कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्य पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुगाउन आलोपालो प्रणाली लागू गरेका हुन् । पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका […]

जोतिएन बाँझो जमिन : अनुदान लिनेको संख्या न्यून

नवलपरासी। कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको जमिनमा खेती गरियो भन्ने अड्कलबाजी गरिए । सरकारले समेत बाँझो जमिनको सदुपयोगका लागि बाँझो जमिनमा खेती […]

Indigenous and traditional practices on grain and seed storage

Indigenous practices are the practices that emerge from the cultural contact of the people concerned, evolve in close contact with specific environmental conditions, and are based on traditional societies’ intimate knowledge of their environment. Through trial and error methods, a number of traditional practices have been evolving to avoid a huge loss that is occurring […]

शिक्षण पेशासँगै कृषि व्यवसाय : करोड आम्दानी गर्ने योजना

पाल्पा। सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन् । नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन् । दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा […]

ब्याजमा अनुदान : युवा उद्यमी उत्साहित

रामपुर। समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ । रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु. १२ लाख ऋण झिकेर हाँसपालन सुरु गरेका छन् । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको […]

एक करोड अनुदान वितरण

म्याग्दी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको […]

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर। बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो । । सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला […]