समाज

सामुदायिक वनको जग्गा अतिक्रमण

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको नवदुर्गा सामुदायिक वन अतिक्रमण गरी झोपडी निर्माण गर्ने क्रम बढेको छ । सामुदायिक वनको पाँच हेक्टर बढी जग्गा अतिक्रमण गरी एक साताको अवधिमा झन्डै ३०० बढी अवैधरुपमा झोपडी निर्माण गरी बस्ती बस्ने क्रम जारी रहेको छ । सामुदायिक वनका पदाधिकारीका अनुसार एक साता अघिदेखि वन क्षेत्रको जग्गामा भूमिहीन, सुकुम्बासी, […]

व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनले देउवालाई बुझायो मागपत्र

चितवन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चितवनका दुग्ध उत्पादक किसानहरुले बुधबार पाँच बुँदे मागपत्र बुझाएका छन् ।व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनको तर्फबाट सभापति देउवालाई बुझाइएको ज्ञापनपत्रमा किसानहरुलाई बैंक तथा वित्तीय क्षेत्रबाट दुईदेखि तीन प्रतिशत व्याजदरमा ऋण उपलब्ध हुनुपर्ने माग गरेको छ । किसानको परियोजनालाई धितो मानेर बैंक तथा वित्तीय संस्थाले लगानी […]

भटमास र बोडीले बजार पाएन

नवलपरासी।भटमास र बोडीले बजार नपाएपछि स्थानीय समस्यामा परेका छन् । नवलपरासीको विकट पहाडी गाविस रकुवाको मुख्य खेती भटमास र बोडी हो । तर, त्यहाँ उत्पादित भटमासले उचित बजार नपाउँदा र यातायातको समस्याले गर्दा स्थानीयले चामलसँग साट्ने गरेका छन् । रकुवाको बाँझोबारीका पूर्णप्रसाद अधिकारीले आफ्नो १२ रोपनी खेतमा भटमास र बोडी लगाएका छन । त्यहाँबाट उत्पादित […]

साना किसान सहकारीमा दैनिक २ हजार लिटर दूध सङ्कलन

रौतहट । रौतहटको चन्द्रपुर १२ स्थित सन्तपुर मटिऔनमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध सङ्कलन गर्न थालेको छ । अहिले तीनसय जना कृषकको दैनिक दुई हजार लिटर दूध सो सहकारीमा सङ्कलन हुने गरेको छ । सङकलित दूध डिडिसी हेटौंडा, नेपाल डेरी काठमाडांै र सुजल डेरी पोखरामा खपत हुने गरेको संस्थाका साहयक प्रवन्धक भेषराज खतिवडाले […]

चेपाङ समुदायमा आयआर्जनको माध्यम बन्यो बाख्रापालन

चितवन । चितवन जिल्लाको पहाडी गाउँ शक्तिखोरको राजवनमा जाँदा निकै स्यहारले बाख्रा पालेको भेटिन्छ । लगभग चेपाङहरुको मात्रै बसोबास भएको सो ठाउँमा बाख्रा पालन आयआर्जनको राम्रो माध्यम बनेको छ । चेपाङ गाउँका घरहरु खासै राम्रा हुँदैनन् भन्ने धेरैलाई लाग्छ । तर, राजवनमा त्यस्तो निराश भइहाल्नुपर्ने अवस्था पनि छैन । ढुंगा अर्थात स्लेटले छाएको घरको आडमा […]

गहुँको बीउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तित

नवलपरासी। गँहु छर्ने बेलामा बजारमा बीउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन् । कार्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गहुँ छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गहुँको बीउ र मलखाद अभाव भएको छ । गहुँकोे बीउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन् । […]

चितवनमा व्यवसायिक कृषिमा आकर्षण बढ्दो

चितवन । सर्लाही सिमराका रामेश्वर पण्डितले विगत ४ वर्षदेखि भरतपुरस्थित कृष्णपुरमा तरकारीको बिरुवा उत्पादन गर्दै आएका छन् । वार्षिक ५५ हजार रूपैयाँ भाडा तिर्ने गरी करिब २४ कठ्ठा जग्गा भाडामा लिएका छन् । बिरूवा उत्पादनसँगै तरकारी पनि उत्पादन गर्दै आएका उनले कठ्ठामा आठ हजार रूपैयाँ लगानी गर्दा खर्च कटाएर वर्षमा प्रतिकठ्ठा २० हजार रूपैयाँभन्दा बढी […]

कुखुरापालक किसान टाट पल्टिँदै गएपछि व्यवसाय छोड्दै

विराटनगर। एक वर्षअघि विराटनगर–५ कंचनबारीकी शान्ता बस्नेतले शिक्षण पेशा छाडेर बोइलर कुखुरा पाल्ने सोच बनाइन्। सहकारीमा घर धितो राखेर ३ लाख रुपैयाँ ऋण निकालिन् र आधुनिक खोर निर्माण गरिन्। तर, जब ब्रोइलर कुखुरा पाल्न थालिन्, उनले नाफाको सट्टा घाटामात्रै ब्यहोर्नुपर्‍यो। अहिले यो ब्यवसाय छाडेकी उनले भनिन् ‘कुखुरा पालेर ऋणमा परेँ, अहिले ऋणको ब्याज तिर्दैछु,’ उनले […]

सिंगोगाउँ खरायो पालनमा आकर्षित

म्याग्दी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको लेकफाँट गाविस ८ डाँडाकटेरी गाउँका बासिन्दा व्यावसायिक खरायो पालनतर्फ आकर्षित भएका छन् । भेडा बाख्रा पाल्नभन्दा सहज र छोटो समयमा धेरै फाईदा लिन सकिने भएकाले कृषकहरुले खरायोमा लगानी गरेका हुन् । डाँडाकटेरीका २३ घरधुरीलेनै खरायो पालन व्यवसायलाई आफ्नो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । प्रत्येक घरमा १० देखि २० […]

बझाङमा १० हजार मेट्रिक टन खाद्यान्न अभाव हुने

बझाङ। विकट हिमाली जिल्ला बझाङमा समग्र उत्पादन गत वर्षको भन्दा बढी भए पनि जिल्लाको कुल खाद्यान्नको मागलाई हेर्दा यस वर्ष करिब १० हजार २८ मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आठ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको जिल्ला खाद्य अधिकार […]