समाज

मह बेचेर घर खर्च टार्छन् काँकडाका चेपाङ महिला

मकवानपुर। मकवानपुरको विकट गाविस काँकडा-४ का चेपाङ समुदायका महिलाले मह बेचेर घरखर्च टार्ने गरेका छन्। काँकडा-४ देवीटारस्थित जन एकता सामुदायिक वन उपभोक्ता समूहमा रहेका २० घर चेपाङ समुदायका महिलाले एक वर्षदेखि सुरु गरेको मौरीपालनबाट उत्पादित मह बेचेको रकमले घर चलाइआएका छन्। यहाँका महिलाले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, आइयुसिएन र कृषक महासङ्घद्वारा सञ्चालित वन तथा […]

चौरीगाईपालन व्यवसाय सङ्कटमा

पाँचथर । उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैंचा गाविसमा चौरी पालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण उक्त व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीमा जान थालेपछि गोठमा बस्ने सहयोगी मान्छे पाउन कठिन भएको सिदिन–२, काचौरीका चौंरीगाईपालक कृषक राजेन्द्र राईले बताउनुभयो । चरन क्षेत्रमा […]

सल्यानका किसानहरु व्यवसायिक माछापालनतर्फ आकर्षित

सल्यान। माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएका सल्यानका किसानहरु व्यवसायिक माछा पालनतर्फ आकर्षित हुदै आइरहेका छन् । परम्परागत खेती गर्दै आइरहेका किसानहरु कम मेहनत तथा छोटो समयमा माछा पालनबाट राम्रो आम्दानी हुने देखेपछि व्यवसायिक रुपमा माछा पालन तर्फ लागेका हुन् । जिल्लामा माछा पालन छोटो समयमै निकै प्रभावकारी ढंगले वृद्धि भईरहको जिल्ला […]

अनुदानको धानको बीउमा मिसावट

बर्दिया । सरकारले कृषकलाई उपलब्ध गराएको अनुदानको धानको बीउमा मिसावट हुँदा कृषक मारमा परेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको मकवानपुर–१ जातको बीउमा विभिन्न १६ किसिमको धान फलेपछि कृषक मर्कामा परेका हुन् । बीउमा मिसावट भएकै कारण थरिथरिका धान पसाउँदा धानको उत्पादन घट्ने भन्दै कृषकले क्षतिपूर्ति पाउनुपर्ने माग समेत राखेका छन् । बीउबिजन […]

लोप हुँदै रैथाने बीउ

बैतडी। विभिन्न तरकारी तथा अन्नबालीका रैथाने बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्नखालका रोग कीराले सङ्क्रमण गर्ने, समयमा नपाक्नेलगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरी बताउनुहुन्छ । “रैथाने बीउ आजभोलि […]

बाँस बेचेरै लखपति

कञ्चनपुर। बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् । सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् । एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो । काँडे, मध्यम र मोटो प्रजातिका […]

पूर्वी पहाडमा अलैंची टिप्न शुरु ,खेताला पाउन गाह्रो

ताप्लेजुङ। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका लेकाली क्षेत्रका किसान अलैंची टिप्न थालेका छन् । सामान्यतया असोज दोस्रो सातादेखि अलैंची टिप्न सुरु गरिने भए पनि दसैं परेकाले केही दिन ढिला गरी किसानले अलैंची टिप्न थालेका हुन् । “सबैतिर अलैंची टिप्ने चटारो छ,” सिकैंचा–६ का नेत्र पौडेलले भने, “दिनभर अलैंची टिप्न व्यस्त हुन्छौं, रातमा छोडाउँछौं ।” सिकैंचा–६ का […]

तरकारीखेतीबाट आम्दानी बढेपछि फेरिदै चेपाङ समुदायको दिनचर्या

चितवन। गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ । अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेको शक्तिखोरका दलबहादुर चेपाङको भनाइ छ । केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए […]

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

धादिङ। खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका […]

च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै

नेपालगञ्ज । व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाँकेका करीब ३ सय किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै पूँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा विपन्न किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । अहिले जिल्लाका कोहलपुर, कारकाँदो, खजुराखुर्द, पुरैना गाविस तथा नेपालगन्ज नगरपालिकाका किसान […]