समाज

चियाको नेपाली जात विकास गर्न माग

इलाम। चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ । नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय […]

जुम्लामा भारी हिमपात , किसान खुसी

जुम्ला। कर्णाली प्रदेशका उच्च हिमाली भेगमा पुनः भरी हिमपात भएको छ । सोमबार देखी मौसममा बदली भएपनि मंगलबार विहानै देखी देखी हिमापात भएको हो । कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस महिनामा दुई पटक हिउ परेको थियो । हिमपातले यहाँको जनजीवन निकै कष्टकर बनेको छ । बिहानै देखी कर्णालीका जुम्ला,हुम्ला, […]

किसानद्धारा काउली बाटोमा फालेर प्रर्दशन

काभ्रे। इट्टा भट्टाको धुँवाले काउली नबिकेपछि काभ्रेपलान्चोकको धुलिखेल मा पाँचखालका किसानले बाटोमा काउली फालेर प्रदर्शन गरेका छन् । पटक पटक सम्बन्धीत निकाएसंग भट्टा सार्न ध्यानाकर्षण गराए पनि चासो नदिएपछि किसान विरोधमा उत्रिएका हुन् । राज्यले किसानको माग पुरा नगरे सामुहिक आत्महत्या गर्ने उनीहरुले चेतावनी दिएका छन् । तस्विर  : श्रीराम पाटिको फेसबुकबाट

कृषि उत्पादनमा आत्मनिर्भर बन्दै खजुरा

बाँके। बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिएको छैन । रुपैडियाको तरकारी तथा फलफुल किनेरै साँझ–बिहानको छाक टार्ने रानाको खेतबारीमा आज भोलि भने बाह्रै्मासे तरकारी फल्छ । उनी आफूले फलाएको तरकारी खानको लागि मात्र प्रयोग गर्दैनन् । उत्पादन भएको तरकारी […]

प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुँदै

हेटौँडा। प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको […]

सुन्तला खेतीलाई व्यावसायीकरण गर्न १० वर्षे परियोजना

नवलपरासी। पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको व्यावसायीकरण गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल-जोनका रुपमा विकास गर्न परियोजना शुरु भएको हो । सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, लैजाने उद्देश्यले परियोजना […]

भारतीय दूध आयातमा रोक

नेपालगञ्ज। भारतबाट अवैध रुपले भित्रिने दूधमा रोक लगाइएको छ । भारतीय दूध आयातले बाँकेका कृषकहरुबाट संकलित दूध विक्रीमा कमी आएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले भारतीय दूध आयातमा रोक लगाएको हो । भारतबाट अवैध तरिकाले दूध भित्रिन थालेपछि यहाँको दूध विक्री वितरणमा कमी आएको थियो । केन्द्रीय नीति अनुसार नेपालगञ्ज भन्सारले मुख्य भन्सार विन्दु र अन्य […]

अलमलमा कृषिज्ञान केन्द्र र भेटेरिनरी अस्पताल

धनकुटा। आर्थिक वर्ष सुरु भएको धेरै समय बितिसक्दा समेत केन्द्रले कार्यक्रम सञ्चालन कार्यविधि नै नपठाएपछि कृषिज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले कृषि र पशु सेवासम्बन्धी योजना र कार्यक्रम अघि बढाउन सकेका छैनन् । प्रायःजसो सबै बजेट भाषणले कृषिलाई प्राथमिकतामा राखेको भनी भाषण आउने गरे पनि राजनैतिक पाटीका नेताहरू पनि नेपालको […]

कृषि ज्ञान केन्दद्धारा नयाँ ब्लक निर्माणका लागि आवेदन माग

नेपालगन्ज। कृषि ज्ञान केन्द्र बाँकेले बाँके र बर्दिया जिल्लामा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ ब्लक निर्माणका लागि आवेदन माग गरेको छ । बाँकेको राप्तीसोनारीमा एउटा माछा ब्लक र एउटा मसुरो ब्लकका लागि आवेदन माग गरिएको छ भने बैजनाथमा एउटा च्याउ ब्लकका लागि आवेदन माग गरिएको ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । यसैगरि […]

स्मार्ट कृषि गाउँ निर्माण गर्न २६ करोड बजेट विनियोजन

दाङ। प्रदेश पाँच सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको योजना अगाडी सारेको छ । प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने गरी योजना अगाडी बढाएको हो। यसै आर्थिक बर्ष २०७५/०७६ वाट सञ्चालन हुने कार्यक्रमका लागि एक स्मार्ट कृषि गाउँ निर्माण गर्न ५० लाखको दरले बजेट विनियोजन गरिएको छ । अहिले कृषि ज्ञान केन्द्रको सहयोगमा सांसदले स्मार्ट गाउँ […]