जुम्ला। कर्णाली प्रदेशका उच्च हिमाली भेगमा पुनः भरी हिमपात भएको छ । सोमबार देखी मौसममा बदली भएपनि मंगलबार विहानै देखी देखी हिमापात भएको हो । कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो ।

यस अघि पुस महिनामा दुई पटक हिउ परेको थियो । हिमपातले यहाँको जनजीवन निकै कष्टकर बनेको छ । बिहानै देखी कर्णालीका जुम्ला,हुम्ला, मुगु कालिकोट र सुदुर पश्चिमको बाजुरामा हिमपात भएको हो । हिमपातले बिहानै देखी हवाई तथा सवारी आवागमनमा कठिनाई भएको छ ।

जुम्लामा मंगलबार बिहानै बाट निरन्तर हिमपात :

जुम्लामा मंगलबार बिहानै बाट हिमपात शुरु भएको छ । सोमबार विहानै बाट मौसममा बदलि हुदै गएको थियो । यहाँका सरकारी कार्यालय, ट्युसन सेन्टर व्यापार व्यवसाय लगायत बन्द छन् भने हिमपातकै कारण मानिसहरु घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । उच्च भेगमा २ फिटसम्म हिमपात भएको छ । सदरमुकाममा आधा फिट जती हिउ परेको छ । अहिले पनि हिउ परि रहेकाले सवारी आवागमन पुर्ण रुपमा बन्द छ ।

किसान खुसी :

तेस्रो पटक हिमपात भएपछि यहाँका किसान भने खुसी भएका छन् । अहिले जुम्लामा स्याउको विरुवा काँटछाँट गरिने मौसम हो । हिउ परेपछि अन्य बालीपनि सप्रिने भएका छन् । सिचाईको लागि जुम्लामा स्थापना गरिएका हिउपोखरीमा पानी जम्मा गर्न सजिलो हुने भएको छ ।