समाज

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

ललितपुर। परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ […]

कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

ललितपुर।  वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वनस्पति विभागले जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन-उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आय आर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । बजारको […]

जमिन कित्ताकाट खुल्यो

ललितपुर। सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् । कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्। गत वर्ष साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले कृषियोग्य […]

सहकारीमार्फत सामूहिक आलु र प्याजखेती थालियो

तनहुँ । बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् । भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु […]

दाङमा पोल्ट्री महोत्सव हुँदैं

दाङ। दाङमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० देखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवबारे महोत्सव मूल आयोजक समिति एवम् सुरक्षित […]

गण्डक नहरमा पानी ढिलो छाड्दा गहुँखेतीमा असर

वीरगञ्ज। भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँखेती खस्कने किसानको गुनासो रहेको छ । गण्डक नहरमा डिसेम्बर २५ (पुस १०)भित्र पानी छोडिसक्नुपर्नेमा भारतीय पक्षले ढिलो गरी पानी दिएको दिएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । ‘गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा […]

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना

भक्तपुर। काठमाडौंको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कुल रू. ६ करोड ५० लाख लगानीमा शुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङस मेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३, बालकोटमा आफ्नै कृषक बाबु […]

कृषि विश्वविद्यालय र निजी क्याम्पसबीच भर्ना विवाद

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन […]

अलैँचीले फर्कायो विद्यार्थी

लमजुङ। गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो । कक्षा १ देखि तीनसम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष चार मात्र विद्यार्थी रहेको सिर्जना […]

बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित

नगराइन। धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनुअघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण प्रदूषण हुने, तेल खर्च धान्न नसक्ने र ओसारपसार गर्न कठिन […]