बिनाब्याज रकमले फेरीएको युवाको सफलता
डोटी। सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि युवाहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय शुरु गरेका छन्। डोटी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उहाँले आयआर्जन गर्न उक्त व्यवसाय रोजेको बताउनुभयो । […]