समाज

स्याउ र ओखरका बिरुवा वितरणमा अनियमितता

हुम्ला। सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् । जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि […]

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाइने

सुर्खेत। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन। मन्त्री केसीले प्रदेशको संरचनाविहीन अवस्थामा टेबल, कुर्सी जोडेर शून्यविन्दुबाट कार्य थालनी […]

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन। कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन्। रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन्। पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ […]

अबैध कुखुरामा तल्काल रोक लगाउ – किसान

नेपालगन्ज। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले शुरक्षा निकाय लगाएतका सरोकारवालाहरुसगं आज अन्तरक्रिया गरेको छ । बाँके र बर्दियाका व्यवसायि सुरक्षा निकाय सगँ क्वारेन्टाइनका विषयमा अन्तरक्रिया गरीएको हो । कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा अण्डा ६१२, एक दिने चल्ला २० हजार ६ सय १०, ताजा माछा २५, तयारी बोइलर कुखुरा ३ हजार १ सय ७४ […]

बैतडी र दार्चुलाको ५५ हेक्टर जमिनमा ओखर बगैंचा बनाइँदै

बैतडी। जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर र सिद्धपुर, […]

दुग्धजन्य उद्योग सङ्कटमा

पशुपतिनगर। इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार […]

रामपुरे किसान उन्नत जाततर्फ आकर्षित

बेझाड। पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् । […]

मकै खेतीमा कृषकको आकर्षण

नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको सुरुवाती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जमीनमा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टर जमीनमा मकै खेती गर्दै आएका छन्। जिल्ला परियोजना प्रमुख देवेशकुमार मिश्रकाअनुसार, […]

कर्णाली सरकारले किसानलाई ‘पेन्सन’ दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण (पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि […]

खेतीयोग्य जमीन बाँझो भेटिए भूमिहीन परिवारलाई स्थानान्तरण गर्ने

बाजुरा। गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमीन भएको र जमीन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमीनलाई स्थानीय सरकारको नाममा […]