नेपालगन्ज। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले शुरक्षा निकाय लगाएतका सरोकारवालाहरुसगं आज अन्तरक्रिया गरेको छ । बाँके र बर्दियाका व्यवसायि सुरक्षा निकाय सगँ क्वारेन्टाइनका विषयमा अन्तरक्रिया गरीएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा अण्डा ६१२, एक दिने चल्ला २० हजार ६ सय १०, ताजा माछा २५, तयारी बोइलर कुखुरा ३ हजार १ सय ७४ बरामत गरी नष्ट गरीसकेको छ । दण्ड जरीवाना स्वरुप हाल सम्म ६ लाख ८५ हजार ५०० रुपैया राजस्व समेत काटिएको कार्यालय प्रमुख शितलबाबु श्रेष्ठले जानकारी दिनुभयो । अन्तरक्रियामा बोल्दै व्यवसायिहरुले प्रतिवन्धित कुखुराका साथै कुखुरा जन्य बस्तु भारतबाट दिनहु भित्रिहरेको प्रति दुख व्यक्त गरेका थिए ।
कुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष समेत रहेका कुखुरा व्यवसायि किसान लाल बहादुर खत्रिले किसानले चल्लाको खोरको रेखदेख गर्ने कि बोर्डर नाकामा गएर अबैध कुखुरा जन्य बस्तु रोक्ने ? भन्ने सरोकारवालालाई प्रश्न तेश्राएका थिए । बेला बखतमा प्रहरी द्धारा समातिएका बस्तु पनि भन्सार कार्यालयले नबुझिदिदा तस्करीहरु मौलाएको बर्दिया कुखुरा व्यवसायि सघंका अध्यक्ष महेश शाहले बताउनुभयो । यसरी भारतबाट दिनहुँ अबैध कुखुराहरु भित्रिदा नेपाली व्यवसायिहरुलाई हतोत्साहित बनाउने काम भैरहेको व्यवसायिले गुनासो पोखेका थिए ।
पशुपक्षि अबैध ढङगले भित्रिरहेको हुँदा यसलाई रोकथाम गर्न सरोकारवाला पक्ष एक जुट भएर लाग्नुपर्ने निचोट निक्लीएको क्वारेन्टाईन कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पशु सेवा विभागका महा निर्देशक डा. सम्झना कुमारी काफ्ले, जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख एसपि अरुण पौडेल, ससस्त्र प्रहरी बल बाँकेका प्रमुख भेष बहादुर शाह लगाएत झण्डै एक सय बढिको सहभागिता रहेको थियो ।









