समाचार

भूकम्पपीडितले दोस्रो किस्ता पाउने म्याद

काठमाडौं । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो । दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले […]

ललितपुरका तीन गाउँपालिकाद्वारा कृषिमा छुट्याएको करोडौ बजेट दुरूपयोग गरि बिलासितामा खर्च

ललितपुर। सरकारले कृषि विकासको लागि छुट्टाएको रकम ललितपुरका तीनवटा गाउँपालिकाले दुरुपयोग गरिएको भेटिएको छ । जिल्लाका तीनवटा गाउँपालिकाले सम्बन्धित क्षेत्रमा प्रयोग नगरी अन्यत्रै खर्च गरेको पाइएको हो । कोन्ज्योसोम, बागमती र महाङ्काल गाउँपालिकाले सरकारले कृषिका लागि विनियोजित गरेका करिब ३ करोड ६६ लाख रकम गाडी खरिद लगायत अन्य क्षेत्रमा खर्च गरेको पाइएको हो । जिल्ला […]

अब मोबाइलबाटै चियाको तथ्याङ्क संकलन गरिने, एक रोपनीभन्दा बढी चिया खेती गर्ने कृषक समेटिदै

काठमाडौं। शुक्रबारदेखि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मोबाइलमार्फत चियाको तथ्याङ्क संकलन गर्ने भएको छ । बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको सहकार्य तथा उन्नती परियोजनाको सहयोगमा नेपालभर सञ्चालनमा रहेका चिया बगान र चिया कारखानाहरुको गणना गरी ‘एमआईएस डाटावेस’ निर्माण गर्ने बोर्डले तयारी गरेको हो । गणनामा एक रोपनीभन्दा बढी चिया रोपण गरेका सबै चिया कृषक, चिया […]

भारतले चिनीको भन्सार शतप्रतिशत बढायो, नेपालमा के हुन्छ ?

काठमाडौं। भारत सरकारले घरेलु किसानलाई सुरक्षा गर्न चिनीमा लगाउँदै गरेको आयात शुल्कलाई दुई गुणा वृद्धि गरेर शतप्रतिशत पुर्याएको छ । हाल चिनी आयात गर्दा ५० प्रतिशत  भन्सार शुल्क लाग्छ । भारतले आन्तरिक उत्पादन बढाउन र उद्योग तथा किसानलाई संरक्षण गर्न यस्तो गरेको हो । केन्द्रीय उत्पादन एवम् सीमा शुल्क बोर्ड सीबीईसीद्वारा जारी सूचनामा भनिएको छ, […]

आलु भण्डारणको लागि रस्टिक बिधि के हो ?

आलु उत्पादनको ५० ५ खर्च यसको बिउमानै हुन्छ ।आलुको रोग सर्ने मुख्य श्रोत पनि बिउ आलुनै हो त्यसैले आलुको सुरक्षित भण्डारण गर्नु निकैनै आवस्यक रहेको छ । आलुलाई सोझै घाम आउने ठाउमा भण्डारण गर्यो भने कयबिलष्ल भन्ने तत्वको विकास हुन्छ जसले गर्दा आलु हरियो हुन्छ र खान अयोग्य हुन्छ भने अध्यारो कोठामा भण्डारण गर्यो भने आलुमा साना […]

नेपालमै पहिलोपटक च्याउको लागि चाहिने परालको डल्ला बनाउने मेसिन निर्माण

च्याउ खेती पछिल्लो समयमा गएर व्यवसायिक बन्दै गएको छ । जति–जति यो खेती व्यवसायिक बन्दै गएको छ, यसमा प्रयोग हुने क्रियाकलापमा पनि यान्त्रिकरणको प्रयोग बढी रहेको छ । पछिल्लो समयमा कन्ये च्याउ खेती गर्दा आवश्यक बफ्याएको पराललाई मेशिनद्धारा प्लाष्टिकमा राखेर डल्लो पार्ने मेशिनको निर्माण नेपालमै भएको छ । काभे्र बनेपामा रहेको गुरु श्री एग्रिकल्चर मेशिनरी […]

ढिंँडो पसलबाट दुई लाखसम्म आम्दानी ,शहरमा ढिँडोमा आकर्षण बढ्दो

हेटौडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडाशैनीको ढिंँडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्षभयो । अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै […]

गड्यौली मलका फाइदाहरु र यसको उत्पादन तरिका

गड्यौली मल भनेको गड्यौलाले सड्ने,गल्ने किसिमको जैविक फोहोरलाई खाइ त्यसबाट निकालेको दिशा वा बिस्टा हो यसको दिशा कालो साना साना पोतेको दाना जस्तो हुन्छ । गड्यौली मलका फाइदाहरु :  यसमा नईट्रोजन १.७५ -२.५०५% ,फोस्फोरस १.५० -२.०५ % पोटासियम १.२५-१.७५५ हुन्छ । यसको कास्टसंगै निस्किने चिप्लो म्युकसमा असंख्य लावदायक सुक्ष्म जीवाणुहरु हुन्छ यसरी मलमा भएको सबै प्रकारको खाद्तात्व र म्युकसले […]

मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी,भौतारिंदै बिदेश किन जानी

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यवसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा ‘मास्टर’को परिचय बनाएका उनले अब भने व्यावसायिक मौरीपालक किसानको परिचय बनाउन थालेका हुन् । उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यवसायिक मौरीपालन पेशा अंगाल्दै आएका हुन् । २० घार मौरीबाट व्यवसाय सुरु गरेका उनले अहिले बढाएर एक सय […]

पाँचथरमा बाली उपचार तथा माटो परीक्षण शिविर संचालन

पाँचथर। पाँचथरको फालेलुङमा अलैंची कृषकलाई लक्षित गरेर चार दिने बाली उपचार तथा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ ।शिविरबाट ४ सय ५८ जना कृषक लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ । परियोजना र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको संयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा अलैंचीमा लाग्ने गानो कुहिने, […]