पाँचथर। कृषि क्षेत्रको आधुनिकीकरणको बिस्तारमा जोड दिने उद्धेश्यले पाँचथर जिल्लाको फिदिम नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार १४ वटा मिनीटिलर वितरण गरिएको हो ।

कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिका कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिनुभयो ।

यसैगरी, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई अनुदान र सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । १४ वटा मिनीटिलरसँगै ६५ कृषकलाई ७० वटा प्लास्टिक टनेल, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २३५ वटा, मकैको बीउ चार टन तथा च्याउको बीउ दुई हजार पोका वितरण गरिएको जनाईएको छ ।

परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउनको लागि कृषक पनि यति खेर यान्त्रीकरण प्रति निक्कै आर्कषित हुँदै आएकाछन् ।