समाचार

जिल्लामा मह खपत नहुँदा सस्तोमै मह निर्यात गर्न किसान बाध्य

दाङ। मौरीपालनका लागि उपयुक्त जिल्ला मानिएको दाङमा पछिल्लोे समय मह उत्पादन वृद्धि भए पनि बजार नपाउँदा सस्तोमै बेच्न मौरीपालक किसान बाध्य भइरहेका छन् । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन मह उत्पादन हुने गरेको छ । तर, सबै उत्पादित मह दाङमै खपत हुदैन । जसका कारण किसानहरूले सस्तोमा मह निर्यात गर्न बाध्य छन् । जिल्लामा […]

खाद्य संस्थाले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० कर्मचारी माग्यो

काठमाडौं । खाद्य संस्थानले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० जना कर्मचारी माग गरेको छ । संस्थानले सहायकदेखि वरिष्ठ अधिकृतसम्म माग गरेको हो । संस्थानले सबैभन्दा धेरै सहायक (प्रशासन) मा ६ जना माग गरेको छ । सहायकमा खुल्ला तर्फ ३, महिला, आदीबासी र मधेसी तर्फ १÷१ जना माग गरेको छ । बरिष्ठ अधिकृत (कानून), बरिष्ठ अधिकृत (गुण […]

व्यवसायिक कन्दमूल खेती सुरु, १० लाख रुपैयाँ विनियोजन

पर्वत। पर्वतको कुस्मा नगरपालिका–७ को खरेहाका किसानले पहिलो पटक व्यवसायिक कन्दमूल खेती सुरु गरेका छन् । बजारमा तरुल, भ्याकुर, गिठा, बन तरुल जस्ता कन्दमूलको माग बढ्दै गएपछि यहाँका किसानले व्यवसायिक कन्दमूल खेती गर्न थालेका हुन् ।  चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको कुस्मार नगरपालिका–७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले […]

कुखुराको फोहोर बाट बायोग्यास प्लान्ट, दैनिक १२ सय किलो ग्यास

स्याङ्जा। स्याङ्जामा अत्याधुनिक बायोग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ। सातजना स्थानीयले ५० करोड रुपैयाँ लागतमा सञ्चालित खिलुङ–कालिका एग्रो फर्मले प्लान्ट सञ्चालनमा ल्याएको हो। एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने यो कम्पनी मुलुककै पहिलो भएको दाबी उक्त फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकालको छ। उनका अनुसार प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन […]

चिनीको भन्सार नबढाए,व्यवसायीले उखु उत्पादक किसानलाइ भुक्तानी नदिने

काठमाडौं ।  चिनीको भन्सार ५० प्रतिशत वृद्धि नगरे स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने भएका छन् । उत्पादन भएको चिनी बिक्री नभएर गोदाममै थन्किएर बसेकाले किसानको भुक्तानी दिन कठीन हुने अवस्था आएको नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उद्योगको उत्पादन गोदाममै थन्किएर बसेको छ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अग्रवालले भने, ‘हाम्रो उत्पादन […]

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा […]

कसरी गर्ने अलमण्ड (Almond)को खेती ? जसको बजारमा माग अत्याधिक छ ,अलमण्ड खेती सम्बन्धि सम्पूर्ण जानकारी

नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको […]

चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

नुवाकोट। समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो । पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको […]

मासिक रु ५० हजारको बे–वास्ता गर्दै विदेश जाने होड

काठमाडौँ । कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ ।  यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण टिपर बिक्री गरेको बताउनुहुन्छ । उहाँसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक […]

ईलाममा किबी जोन कार्यत्रम संचालन हुने

ईलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । पाँच सय हेक्टर क्षेत्रफलमा […]