
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन (फ्यान) नेपालले देशभर रहेका पुष्प व्यावसायीको लागि व्यवसाय प्रर्वद्धन लागि आएको अनुदानको लागि प्रस्ताव पेश गर्न सुचना प्रकाशित गरेको छ ।
फाल्गुन २१ गते प्रथम पटक प्रकाशित मितिले ३० दिन भित्र पुष्प व्यावसायीले आवेदन दिन सक्नेछन् । अनुदान लिनको लागि व्यवसायीले आवश्यक कागजहरु राखि सूचनामा तोकिएको ढाँचा अनुशार निवेदन दिनु पर्नेछ ।
पुष्प प्रर्वद्धन कार्यक्रम अन्र्तगत ग्रीन हाउस निर्माण,आधुनिक सिड च्याम्बर निर्माण लगाएत रहेका छन् ।