समाचार

जमीन टुक्राएर बेच्न नपाइने,जोगियो कृषियोग्य जमिन

काठमाडौं । कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । कृषियोग्य जमिनको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न सरकारले कृषियोग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न नपाउने निर्णय गरेको थियो । गत २६ साउनमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको प्लटिङ […]

कौसी खेती गर्ने सोचमा हुनुहुन्छ !

विषेशगरी शहरी क्षेत्रमा बस्ने मानिससँग जमिन कम हुन्छ। कतिपयसँग त हुँदै हुँदैन। त्यस्तो ठाउँमा मलिलो कालो माटोको, कम्पोस्ट वा गोवर मल प्रयोग गरि थोत्रो जर्किन, बाटा, बाल्टि र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरि विरुवा वा तरकारी उत्पादन गर्ने विधिनै कौसी तरकारी प्रविधि हो। । कसरी गरिन्छ कौसीमा खेती : कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, […]

किसानको लागि आएको अनुदानमा कृषिका हाकिमको विदेशमा रजाइँ

काठमाडौं। कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु अहिले मन्त्रालयलाई रित्तो बनाएर वैदेशिक भ्रमणमा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्। आयोजनादेखि मन्त्रालयसम्म सुनसान बनाएर वैदेशिक भ्रमणमा सहभागी हुने चलन पछिल्लो समय निकै बढेको छ। आगामी चैतमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका मन्त्रालयका सचिव डा। सुरोज पोख्रेल मन्त्रालयको तर्फबाट श्रीमतिसहित अष्ट्रेलिया पुगेका छन्। अन्तराष्ट्रिय कृषि विकास कोष […]

लसुनको प्रयोग स्वास्थ्यको लागि फाईदा कि बेफाईदा ?

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ । लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र […]

पतञ्जलीको गाँजा अनुसन्धानले नेपाललाई दबाब

एजेन्सी। गाँजाको वैधानिक प्रयोग खोल्ने लहर अब अमेरिकी तथा युरोपेली मुलुकमा मात्र सीमित रहेन। भारतमा पनि कानुनी प्रतिबन्ध फुक्का गर्न आवाज उठेको छ। आवाज उठाउनेमा सबभन्दा अगाडि छन्, योगगुरू रामदेव। रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदले गाँजाका औषधिलाई कानुनी मान्यता दिन ‘लबिङ’ सुरु गरेको छ। कम्पनीका कार्यकारी बालकृष्णले हरिद्वार अनुसन्धान केन्द्रमा दुई सय जना वैज्ञानिकबाट गाँजा लगायत […]

पूर्वेली यूवा,जसले गाईं, भैंसी र बाख्रा पालेर गाउँमै आर्थिक क्रान्ति गरे

मोरङ । गाउँका साथीसंगी काम खोज्दै विदेश जान्थे । उनलाई पनि परिवारबाट विदेश जान दबाब त नआएको कहाँ हो र रु तर, अहँ हेमबहादुर चोङवाङ विदेश जान मानेनन् । अर्काको देशमा गएर रगतरपसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्ने सोच आयो चोङवाङमा । र, मोरङको राजघाटका युवा चोङवाङले भैंसी पाल्न थाले । ७ वर्षअघि एक […]

बाली एवम पशुपंछी बिमाको आवस्यकता किन ?

नेपाल भौगोलिक विविधता भएको मुलुक हो र यसमा भूगोल अनुसारको प्राकृतिक जोखिमहरू बर्षेनी हुने गर्दछन बाढी ,पहिरो ,सुख्खा ,खडेरी ,अतिवृष्टि ,अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरु भईरहेका छन् । त्यस्तै रोग किराहरुको आक्रमणबाट र किसानको कमजोरीको कारणबाट विभिन्न समस्याहरु हुने गर्दछन जसले नोक्सानी धेरै भैरहेको छ । त्यसैले नेपालमा पशुपंछी विमाको आवस्यकता निकैनै रहेको छ । नेपाल सरकारले विमाको प्रिमियममा अनुदान […]

किबी किसानलाई ७५ प्रतिशतसम्म अनुदान

नुवाकोट। बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो । चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत […]

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ […]

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि  भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख […]