समाचार

गोलभेंडाको मूल्य प्रति केजी २ रुपियाँ

सर्लाही।  भारतीय गोलभेंडा भित्रिएपछि सर्लाहीमा गोलभेंडा २ रुपियाँमा विक्रि हुन थालेको छ ।  दश वर्ष यताकै सस्तीएको गोलभेंडाको मूल्य २ रुपियाँ हुँदा किसान मर्कामा परेका छन । धेरै मिहिनेत गरेर उत्पादन हुने गोलभेंडा अहिले गोलभेंडा बेचेर टिप्न र ढुवानी खर्च समेत नपुग्ने भएकोले खेतमा जान मन नलाग्ने किसान विन्देश्वर महतोले गुनासो पोखे । यस वर्ष […]

कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने

काठमाडौँ। सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार राजधानीमा नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर […]

मूल्य नपाएपछि कृषकले बारीबाट खनेनन अदुवा

तनहुँ । उचित मूल्य नपाएपछि तनहुँका अदुवा उत्पादक कृषकले यो वर्ष बारीबाट अदुवा खनेका छैनन् । व्यापारीले किसानसँग खरिद गरी भारत निकासी गर्दै आएका करोडौंको अदुवा पठाउन बन्द भएपछि यति बेला अदुवा बारीमै छ । अघिल्लो वर्ष १६ करोड रुपैयाँको अदुवा बिक्री भएको भीमादमा यस वर्ष लाख रुपैयाँको पनि बिक्री भएको छैन । मूल्य नपाएपछि […]

देशभरको मौसममा आंशिक बदली, पानी पर्न सक्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार राजधानी लगायत देशभरको मौसममा आंशिक बदली देखिएको छ । यो क्रम आगामी शुक्रबारसम्म हुन सक्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । बुधबार पनि राजधानीमा आंशिक बदली देखिएको थियो । आशिंक बदली हुँदा सामान्य पानी पर्न सक्ने कँडेलले बताइन् । विभागका अनुसार यस अवधिमा ठूलो वर्षा […]

सुन्तलाको ‘पकेट क्षेत्र’ संकटमा

इलाम । सोयाक–४ की सुसम फागो वार्षिक रुपमा सुन्तला बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी गर्थिन्। सुन्तला बिक्री गरेकै आम्दानीले उनको घर व्यवहार चल्थ्यो। अहिले भाइरस र ढुसीजन्य रोग लागेर सुन्तला बगान सुकेपछि उनमा घर व्यवहार चलाउनका लागी चिन्ता थपिएको छ। सुसममात्र होइन उमेरले ६० काटेकी फुलमाया लिम्बु पनि आफनो १ रोपनीको बगानमा लगाइएको सुन्तला बिक्रीबाट […]

धान र मकैको मूल्य निर्धारण

कलैया। जिल्ला मूल्य निर्धारण समितिले आव २०७३/७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण गरेको छ । मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुत […]

चर्को विरोध र बहिष्कार बीच राष्ट्रिय किसान आयोग गठन हुदै,प्रकृया नै गैर कानुनी भएको भन्दै सत्तारुढ नेपाली काग्रेस र प्रमुखीप्रतिपक्षी एमालेको बहिष्कार

काठमाडौं। राष्ट्रिय किसान आयोग गठन नहुदै राजनितिक विवाद देखिएको छ । विज्ञापन निकालेर आयोग गठन गर्ने प्रकृयाको विरोध गर्दे सत्तारुढ नेपाली काग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट किसान संघ संगठनहरुले विरोध गरेको हो । यदपी चर्को विरोध र बहिष्कारका बीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाक माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष […]

स्याङ्जा बन्ने भयो सुन्तला जोन

वालिङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ’ प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

खाद्य संस्थानको चामल बिक्री भएन

सल्लेरी (सोलुखुम्बु)। नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताउनुभयो । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । उहाँ भन्नुहुन्छ, संस्थानमा […]

मुगुमा सरकारी अनुदानको खाद्यान्नमा अनियमितता रोकिएन

मुगु। विकट हिमाली जिल्ला मुगुमा खाद्यान्नमा अनियमिता रोकिनु भन्दा झनै बढ्दै गएको छ । अभाव र विकटताले ठगिएका मुगुवासीमाथि जिम्मेवार निकायबाटै बारम्बार ठगी हँुदै आएको छ । सरकारी अनुदानको खाद्यान्नमा समेत तोकिएको मूल्य भन्दा बढी लिएर मुगुवासीलाई मार्ने काम भइरहे पनि कुनै निकायले ध्यान दिन सकेको छैन । केही दिन अघि मुगुको पुलु डिपो अन्र्तगत […]