इनरुवा। पछिल्लो समय जिल्ला कृषि विकास कार्यालय सुनसरीमा किसानहरुका लागि आएको सरकारी बजेटमा त्यहाँ कार्यरत केही कर्मचारीहरुको मनोमानी बढेको र कृषि कार्यक्रमको नाममा व्यापक भ्रष्टचार भएको समाचारहरु प्रकाशित भएपछि भ्रष्ट कर्मचारीहरु त्रसित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा, सहायक प्रमुख देवनारायण साह र प्राविधिक सहायक मानबहादर श्रेष्ठले जिल्ला कृषि विकास कार्यालय सुनसरीमा किसानहरुको नाममा आएको लाखौं रुपैँया भ्रष्टचार गरेको रहस्य संचारमाध्यमले सार्वजानिक गरेपछि केही दिन यता भ्रष्टकर्मचारीहरुमा कार्वाही हुने डरत्रास बढेको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीबाट संचालित अधिकाँश कृषि कार्यक्रममा केही सिमित कृषक समुहलाई कार्यक्रम बाँडफाड गरी कृषि कार्यक्रमको नाममा कार्यालय प्रमुख राजकान्त झा सहितको मिलोमतोमा सहायक प्रमुख देवनरायण साह र प्राविधिक सहायक मानबहादुर श्रेष्ठले लाखौं रुपैँया अनियमितता गरेको प्रमाण फेला परेपछि केही दिनयता भ्रष्टचार लुकाउनका लागि कार्यालयमा कसरत सूरु भएको समाचार श्रोतले जानकारी दिएको छ ।

कार्यालयमा कर्मचारीहरुले गरेको भ्रष्टचार सम्बन्धि समाचार निरन्तर आउन थालेपछि अहिले जिल्ला कृषि विकास कार्यालय सुनसरीले सम्बन्धित सबै योजनाका सरोकारवलाहरुलाई बोलाई कार्यालयमै छुटै बैठक डाक्न सूरु गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाको मिलोमतोमा कार्यालयका सहायक प्रमुख देवनरायण साह र प्राविधिक सहायक मानबहादुर श्रेष्ठले कार्यक्रम पाएका कृषक समुहबाट ३० देखि ४० प्रतिशत रकम असुल मात्र किसानलाई कार्यक्रम दिएको तथ्य प्रमाण सहित फेला पारि सकेको छ ।

गत आर्थिक वर्ष २०७२।०७३ मा सानो सिंचाई कार्यक्रम, स्कीम कार्यक्रम, युवा लक्षित व्यवसायीक तरकारी उत्पादन कार्यक्रम, व्यवसायीक मौरी पालन कार्यक्रम, कृषि बजार सेड निर्माण कार्यक्रम, अनुदानमा डिजिटल व्यालेन्स तथा थे्रसर गे्रडिङ मेसिन वितरण कार्यक्रम, कृषि प्रसार कार्यक्रम लगायत अधिकाँश कार्यक्रममा लाखौं अनियमितता गर्न सफल जिल्ला कृषि विकास कार्यालय सुनसरीका सहायक प्रमुख साह र प्राविधक सहायक श्रेष्ठले चालु आर्थिक वर्ष समेत कार्यालय प्रमुख राजकान्त झाई मिलाई लाखौं रुपैँया अनियमितता गरेको छ ।

कार्यालय प्रमुख राजकान्त झाको मिलोमतोमा चालु आर्थिक वर्ष २०७३।०७४ मा साना सिंचाई निर्माण मर्मत सम्भार कार्यक्रम, आलु, तरकारी तथा मसाला बाली विकास कार्यक्रम, मत्स्य पकेट कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम, बाली विकास कार्यक्रम लगायत अधिकाँश प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाममा लाखौं रुपैँया कार्यालयका सहायक प्रमुख साह र प्राविधीक सहायक श्रेष्ठले अनियमितता गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने जिल्ला कृषि विकास कार्यालय सुनसरीको अवस्था दयनिय देखिएको छ । राजनीतिक दलका कार्यकर्तालाई खुशी पार्नका लागि किसानहरुको नाममा आएको बजेट दलिय भागभण्डामा बाडफाँड गरी जिल्ला कृषि विकास कार्यालय सुनसरीमा लाखौं रुपैँया भ्रष्टाचार भएको छ ।

जिल्ला कृषि विकास सुनसरीमा फस्टाउदै गएको घुसखोरी र खुलेयाम भ्रष्टचारले दिनानुदिन बढ्दो गतिमा रहेको श्रोतको भनाई रहेको छ । गत आर्थिक वर्षमा कृषि कार्यक्रममा १५ देखि २० प्रतिशत रकम त्यहाँका कर्मचारी कार्यक्रम दिएवापत घुस रकम दिनुपरेको तर चालु आर्थिक वर्षमा ३० देखी ४० प्रतिशत रकम कर्मचारी नदिए कृषक समुहलाई कार्यक्रम नै नदिने गरेको एक कृषक समुहका अध्यक्षले नाम प्रकाशित नगर्ने शर्तमा जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीमा मौलाउदै गएको भ्रष्टाचारले संस्थागत रुप लिन थालेको छ जुन अत्यन्तै डरलाग्दो अवस्था हो । जिल्ला कृषि विकास कार्यालय सुनसरीमा नीति, नियम बनाउने देखि कार्यान्वयन गर्नेहरुसम्म भ्रष्टाचारमा यसरी लिप्त छन् कि अब सहजै उनीहरुलाई मुक्त गर्न सकिने अवस्था देखिदैन ।