मकवानपुरको किवी उत्कृष्ट
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा खेती गरिएको किवी स्वाद तथा पौष्टिक तत्वका हिसावले उत्कृष्ट रहेको बताइएको छ । उद्योग वाणिज्य सङ्घले किवी खेतीको विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले अन्तरराष्ट्रिय गुणस्तरको किवी खेती मकवानपुरमा गरिएको बताएका हुन् । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहानगर र नामटारमा भइरहेको किवी खेतीको विषयमा छलफल […]