समाचार

धानको बीउ बैंकमा संरक्षण

कञ्चनपुर। एक  दशकदेखि सञ्चालन हुँदैं आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो […]

कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य गर्नुपर्ने

काठमाडौं । बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् । बीमा समितिका उपनिर्देशक […]

७९ प्रतिशत जमिनमा मात्रै खेती

काठमाडौं। नेपालको कुल खेतीयोग्य जमिनमध्ये ७९ दशमलव ३ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेको देखिएको छ । राष्ट्र बैंकले गरेको प्रदेशगत अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनमा ५७ जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ३२ लाख १४ हजार हेक्टर रहेको उल्लेख छ । यसमध्ये ७९ दशमलव ३ प्रतिशत जमिनमा खेती गरिएको छ । उक्त खेती गरिएको जमिनको […]

ट्याङ्करको पानी पिउनुहुन्छ ? मापदण्ड लागु भयो है

काठमाडौं। नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिनुभयो । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले […]

किसानको भुक्तानी नदिने चिनी उद्योगमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ। कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नदिने उद्योगीलाई प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई […]

मौरीको रानी वितरण प्रभावकारी नभएपछि किसान चिन्तित !

चितवन। यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् ।सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो । मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको म्यादभित्र करीव ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ । समयमै वितरण नभएपछि अहिले […]

तरकारी व्यवसायीलाई ९ गते देखि कार्बाही

ललितपुर। कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको म्याद आइतबार सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक हप्ताको म्याद दिएर उनीहरुलाई कारबाही गर्ने भनेपनि व्यापारी पत्र बुझ्न नआएपछि कारबाही प्रक्रिया लम्विएको हो । आइतबार कारबाहीका लागि म्याद सकिएको भएपनि कालिमाटी फलफूल तथा तरकारी […]

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्

काठमाडौं। राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर […]

चिया उद्योग बन्द गर्ने चेतावनी

झापा। नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू […]

सडकमा सयौं लिटर दूध पोखे किसानले

झापा। दूध बिक्न छाडेपछि झापा गाउँपालिकास्थित शरणामतीका सयौँ किसान समस्यामा परेका छन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका उनीहरु दूधले बजार नपाएपछि निराश बनेका हुन् । झापामा परिचित नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित एनएमसी डेरी उद्योगले यहाँका किसानद्वारा उत्पादित दूध खरिद गर्दै आएको थियो । दूध उत्पादन गर्न भन्दै […]