समाचार

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि

सल्यान। नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ । तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ । गाउँगाउँमा मोटरबाटो तथा तरकारि बजार लाग्ने भएकाले […]

कृषि ज्ञानकेन्द्रको नाममा कर्मचारी पाल्दै सरकार

ललितपुर। सरकारले संघीयता कार्यान्वयनको चरणमा स्थानीय तहमा समायोजन भएको जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि नयाँ संरचनाको कृषि ज्ञानकेन्द्र गठन गरेको छ । यस अघि जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गएपछि सरकारले जिल्लामा हुने विभिन्न किसिमका कृषिसँग सम्बन्धित काम गर्न कृषि ज्ञान केन्द्र खोलेको हो । यस अघिका कृषि विकास, भूमि व्यबस्था […]

बाख्रापालनबाट एक करोड आम्दानी

बागलुङ। काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी गरेका छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् । यस्तै, वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० […]

कृषि उपज बिक्री नभए त्यसको मूल्य नगरपालिकाले दिने

रुकुम पश्चिम। चौरजहारी नगरपालिकाले नगरवासीलाई कृषि पेशामा आकर्षित गर्नका लागि विशेष कार्यक्रम ल्याएको छ । व्यवसायिक कृषि पेशामा युवाहरुको आकर्षण बढाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ । नगरपालिकाले व्यवसायिक कृषि पेशामा लागेका नगरपालिका भित्रका कुनै पनि कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभए त्यसको जिम्मा आफैले लिने भएको हो । कृषकले उत्पादन गरेको ठूलो मात्राको […]

कृषि र वन विज्ञान विश्वविद्यालयले निजीलाई दिएको सम्वन्धन खारेजीको माग

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले आठ निजी क्याम्पसलाई विश्वविद्यालयले दिएको सम्वन्धन खारेज गर्न माग गरेका हुन्। विश्वविद्यालय सभाले १० आंगिक कलेजको स्थापना गर्ने निर्णय पारित गरेपनि हालसम्म जम्मा चार […]

चार महिनाभित्र सबै वडामा माटो परीक्षण

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक वडा एवं स्थानका कृषि उपजको सम्भाव्यता पहिचानका लागि माटो परीक्षण गर्न लागिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिकाका सबै वडामा कृषि र […]

धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय

काठमाडौँ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भइसकेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त तत्वावधानमा किसानको अधिकारसम्बन्धी कानूनको पुनरवलोकन अध्ययन प्रतिवेदन सार्वजनिक एवम् तरकारी बजारमा किसान र उपभोक्ताबीचको मानव अधिकारसम्बन्धी छलफल कार्यक्रममा उनले किसानको समस्या बुझी कृषिसम्बन्धी […]

हलोक्रान्तिका नायकको सम्मान हुन सकेन

लमजुङ। “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन […]

सुत्केरी भैँसीलाई पोषणभत्ता तीन हजार !

म्याग्दी। मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ। सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो। यसवर्ष १९ भैँसीपालक कृषकलाई तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ, बाबियाचौरका एक […]

भारतबाट ९ लाख ३५ हजार मेट्रिकटन मल किन्न नेपालको प्रस्ताव

ललितपुर। नेपालले भारत सरकारसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्न प्रस्ताव पठाएको छ । चालु आर्थिक वर्ष २०७५/७६सहित २०७९/८०सम्मका लागि मल खरिद गर्न भारतसमक्ष प्रस्ताव गरिएको हो । भविष्यमा मल अभावको अवस्था आउन नदिन नेपालले पहिले नै सरकारी स्तरबाट हुने खरिदका लागि मलको विवरण भारत पठाइएको हो । सरकारले समयमै मल खरिद नगर्दा विभिन्न […]