समाचार

अहिलेसम्मकै उच्च मूल्यमा धान खरिद गर्दै खाद्य संस्थान

ललितपुर। नेपाल खाद्य संस्थानले यस वर्षका लागि धान खरिद गर्न शुरू गरेको छ । तराईका विभिन्न जिल्लाबाट ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको संस्थानले बिहीवारदेखि धान खरिद गर्न शुरू गरेको हो । संस्थानका प्रवक्ता शंकर सापकोटाले बिहीवारदेखि पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट पहिलो चरणमा धान खरिद गर्न शुरू […]

उखुको मूल्य निर्धारणमा सरकार सुस्तायो

काठमाडौं। उखुको क्रसिङ सिजन आइपुग्दा समेत सरकारले यस वर्षको उखुको न्यूनतम मूल्य निर्धारण गर्न सकेको छैन । सरकारले समयमा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा उखु किसान मर्कामा परेका छन् । किसानले लागत मूल्यको आधारमा उखुको मूल्य माग्ने तर चिनी उत्पादकले किसानको लागत मूल्य पनि उपलब्ध गराउन नमान्दा बर्सेनि विवाद सिर्जना हुने गरेको छ । […]

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

म्याग्दी। सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । बास्कुनाका २५ जनाले करीब १०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट नै गाउँमा विगतका वर्षमा वार्षिक […]

झापामा मेवाको व्यावसायिक खेती

झापा। गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोखरा, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख सहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती सुरु गरेका […]

यस्तो छ भू–उपयोग ऐन ! अब जग्गा ७ भागमा विभाजन

काठमाडौं। सरकारले जग्गालाई प्रयोगका आधारमा सात भागमा विभाजन गरी कार्यानयन गर्न लागेको छ । जग्गालाई कृषि क्षेत्र, औद्योगिक क्षेत्र, जंगल क्षेत्र, आवास क्षेत्र, सार्वजनिक क्षेत्र, व्यापारीक क्षेत्र र निजी क्षेत्रमा विभाजन गरिएको छ । भू–उपयोग ऐनमा नै जग्गालाई ७ भागमा विभाजन गरिएको हो । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गालाई प्रयोगको आधारमा ७ भागमा […]

१८ सय ग्राममाथिका कुखुरा प्रतिबन्ध !

बुटवल। ब्रोइलर कुखुरापालक किसानले अठार सय ग्राम तौलभन्दा माथिको जिउँदो कुखुरा बजारमा प्रतिबन्ध लगाउन माग गरेका छन् । यस्तो माग राख्दै लुम्बिनी ब्रोइलर कुखुरापालक किसान संघले बुधबार बुटवलमा विरोध र्‍यालीसमेत निकालेको छ । विश्व स्वास्थ्य संगठनले १८ सय ग्राम भन्दा माथिको जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणित गरे पनि सरकारले त्यस्ता कुखुराहरुमाथि प्रतिबन्ध […]

चार महिनादेखि गोदाममै अड्कियो चिनी

ललितपुर। सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महिना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो […]

एक दशकमा दुई तिहाइ कृषक विस्थापित गर्छौं : अर्थमन्त्री

ललितपुर। अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात गरेर खानु परेको […]

धनकुटामा प्रथम एभोकाडो महोत्सव

धनकुटा। व्यावसायिक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त १ दिने महोत्सवमा २० ओटा एभोकाडोका स्टल रहने जानकारी दिइएको छ । आगामी शनिवार धनकुटा बजारको परिचय मोड क्षेत्रमा हुने उक्त महोत्सव एशियाकै पहिलो महोत्सव भएको नगरपालिकाका कार्यकारी अधिकृत […]

चिनीको अनियमिततामाथि अख्तियारले छानबिन गर्ने

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । समितिको गत […]