समाचार

राज्य मन्त्री चौधरी द्वारा भेनोरामा रहेको फुजी स्याउ नर्सरीको अवलोकन

भेनोरा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी तथा योजना प्रमुख डा योगेन्द्र कुमार कार्की सहीतको टोलीले ईटालीको भेनोरामा निजि क्षेत्र तथा सामुहिक (सहकारी) द्वारा संचालित स्याउ नर्सरीको अवलोकन गर्नु भएको छ । उक्त अवसरमा संचालकसँग बिरुवा उत्पादन बिधि ,बिरुवा विभिन्न देशमा पठाउने तथा लागत मुल्य बारे जिज्ञासा राख्नु भएको थियो । ५०० […]

मौसमी तथा बेमौसमी आँप उत्पादन गर्न अनुसन्धान शुरु

भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप […]

भुकम्प पश्चातको राहतमा डब्लुएफपीले गरेको सहायता तारिफयोग्य :राज्य मन्त्री चौधरी

रोम। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्व को टोली र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाह बिच भेट बार्ता भएको छ । ईटलीको रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेट बार्तामा मन्त्री चौधरीले भुकम्प पछिको राहत कार्यक्रममा (डब्लुएफपी)ले गरेको सहयोगको खुलेर प्रसंसा गर्नु भएको […]

उखु किसान सडकमा

सर्लाही। गत वर्ष विक्री गरेको उखुको बाँकी भुक्तानी तथा अनुदानबापतको रकम माग गर्दै उखु किसान सडक आन्दोलनमा उत्रिएका छन् । सोमवार सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम लोकमार्गमा उखुका लाँक्रासहित भेला भएका किसानले विरोध जुलुस निकालेका हुन् । पूर्वपश्चिम लोकमार्गस्थित हरिवन चोकमा भेला भएका किसानको जुलुस इन्दुशंकर चिनी उद्योगअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै […]

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाइने

सुर्खेत। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन। मन्त्री केसीले प्रदेशको संरचनाविहीन अवस्थामा टेबल, कुर्सी जोडेर शून्यविन्दुबाट कार्य थालनी […]

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन। कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन्। रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन्। पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ […]

अबैध कुखुरामा तल्काल रोक लगाउ – किसान

नेपालगन्ज। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले शुरक्षा निकाय लगाएतका सरोकारवालाहरुसगं आज अन्तरक्रिया गरेको छ । बाँके र बर्दियाका व्यवसायि सुरक्षा निकाय सगँ क्वारेन्टाइनका विषयमा अन्तरक्रिया गरीएको हो । कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा अण्डा ६१२, एक दिने चल्ला २० हजार ६ सय १०, ताजा माछा २५, तयारी बोइलर कुखुरा ३ हजार १ सय ७४ […]

बैतडी र दार्चुलाको ५५ हेक्टर जमिनमा ओखर बगैंचा बनाइँदै

बैतडी। जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर र सिद्धपुर, […]

पाकिस्तानतर्फ चिया निर्यात घटाउँदै भारत

एनेन्सी। भारतले पाकिस्तानतर्फ चियापत्तिको निर्यात घटाउने भएको छ । हालै पुलवामामा भएको आतंकवादी हमलाको विरोध गर्दै त्यहाँका चिया उत्पादकहरुले यस्तो घोषणा गरेका हुन् । यसरी कटौती गरिएको चियापत्तिलाई इजिप्ट, मध्य पूर्व र रुस लगायत अन्य प्रमुख बजारमा बेच्ने प्रयास गरिने भारतीय चिया संघका अध्यक्ष विवेक गोयन्काले बताएका छन् । विगत केही वर्षयता पाकिस्तानमा भारतीय चियापत्तिको […]

गहुँबालीमा फौजीकीरा

बैतडी। गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजीकीराले गहुँबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतका रूपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए। खेतमा लगाएको गहुँ फौजीकीराले पूरै नष्ट गरेको छ। पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजीकीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा […]