रुपन्देही । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, रुपन्देहीले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउको बीउ उतपादन गर्ने व्यक्तिरकृषक समूहरकृषि सहकारीलाई अनुदान दिने भएको छ। उक्त निर्देशनालयबाट इच्छुक उद्यमी , कृषक समूह, कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले निवेदन दिन पाउँछन :

इच्छुक उद्यमी/कृषक समूह/ कृषि सहकारीहरूले निवेदन दिन पाउँछन् 

के-के कागजात चाहिन्छ :

निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारी सम्बन्धित निकायमा दर्ता भएको प्रमाणको फोटोकपी (नियमानुसार नविकरण समेत भएको हुनुपर्ने)

कार्यक्रम संचालनका लागि निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारीको जिम्मेवार व्यक्ति तोकिएको निर्णयको छाँयाप्रती र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी

अन्य प्रमाणित प्रमाणपत्रहरु (च्याउ बीउ उत्पादन सम्बन्धि तालिम, शैक्षिक योग्यता) आदिका फोटोकपीहरू र वैदेशिक रोजगारवाट फर्केकाको हकमा पासपोर्टको फोटोकपी

परियोजना प्रस्ताव पेश गर्न लागि कृषक समूह तथा सहकारीको निर्णयको र जिम्मेवार व्यक्ति तोकिएको निर्णयको फोटोकपी र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी

प्रस्तावक तर्फको लगानी सुनिश्चितताका लागि स्वलगानीमा गर्ने भए बैँक स्टेटमेन्ट वा बैँक ग्यारेन्टी

कति अनुदान पाइन्छ :

प्रति प्रस्ताव ७५ % वा अधिकतम रु. १५ लाख अनुदान पाइन्छ

निवेदन कहाँ बुझाउने :

निवेदन कृषि विकास निर्देशनालय वा सम्बन्धित ज्ञान केन्द्रहरू नवलपरासी (ब.सु.प.) कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा र बाँकेमा बुझाउन सकिन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो ?

निवेदन यही मिति २०७६/०१/ २० गते भित्र बुझाइसक्नुपर्छ।

कहाँ सम्पर्क गर्ने ?

कृषि विकास निर्देशनालय, रुपन्देहीस् ०७१-४२००१२