समाचार

नेपाली चिया उद्योगको बिकास र प्रवर्द्धनमा सहयोग गर्ने चिनयाँ प्रतिबद्धता

ललितपुर। चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डल र सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलिबीच भेटवार्ता भएको छ । भेटमा चिनियाँ टोलिले नेपाली चिया उद्योगको बिकास र प्रवर्द्धन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले नेपालसङ्ग मिलेर संयुक्त रुपमा चियाको बिकास र बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको हो  । […]

काठमाडौंमै बर्डफ्लु भेटियो

ललितपुर। तारकेश्वर नगरपालिका वडा नडा नं १ साङ्लेखोलामा बर्डफ्लु भेटिएको छ । व्यवसायीक रुपमा कुखुरा पाल्दै आएका कृषक दुर्गा व. बुडाथोकी, डिना रोक्का पुन, होम व. मल्ल, अर्जुनजंग बस्नेत, चन्द्र राना मगर लगाएतका किसाले पालेको कुखुरामा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएको पुष्टि भएपछि कुखुरा नष्ट गर्ने काम भैरहेको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले जानकारी […]

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक

ललितपुर।नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ । लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक […]

विज्ञको सुझाव – ‘गाईको सट्टा भ्रुण ल्याऔं’

चितवन। विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रुण वा विर्य ल्याएर यहींको गाईलाई प्रत्यारोपण गर्नुपर्ने […]

अलैँचीको भाउ आठ वर्षयताकै न्यून

पाँचथर। पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् । यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा शुक्रबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको […]

अब बाख्राको पनि बीमा गर्न सकिने

ललितपुर। किसानले अब बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ । यसका निम्ति किसानले बाख्रालाई जुकाको औषधि खुवाएको र ‘पीपीआर रोगविरुद्धको भ्याक्सिन’ लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । बाख्राको खोरपशु सेवा […]

दुग्ध नीति तत्काल कार्यान्वयन गर्न असम्भव

बुटवल। रूपन्देही जिल्लाका डेरी व्यवसायीहरू र दुग्ध उत्पादक किसानहरूले सरकारले ल्याएको दुग्धजन्य पदार्थसम्बन्धी नीति हतार गरेर ल्याएको बताएका छन् । उनीहरूले सरकारले ल्याएको नीतिअनुसार किसान, दुग्ध व्यवसायी विस्तापित हुने खतार बढेको भन्दै यसले थप ‘मिल्क होलिडे’समेत गर्नका लागि प्रोत्साहित गर्ने गरेको बताएका हुन् । बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रूपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष […]

हेटौंडाका ४१ हजार कुखुरा नष्ट गरिने

मकवानपुर। हेटौंडाका बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो । बर्डफ्लु संक्रमित पाईएको ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सिमा निर्धारण गरि भित्र परेका […]

रासायनिक मलको सहज आपूर्ति र धुलो दूध आयातमा प्रतिबन्ध लगाउन सरकारलाई कृषि समितिकाे निर्देशन

ललितपुर। संघीय संसदअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले धुलो दूध आयातमा पूर्ण प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिएको छ। शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र सचिव युवकध्वज जीसी सहभागी समितिको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिका सदस्य तथा सांसदहरुले पछिल्लो समय रासायनिक मल अभाव समस्या, दुध पाउडरको आयात फितलो, चिनी […]

कृषिमा विदेशी लगानी निषेध

ललितपुर। संसदीय समितिले साना तथा घरेलु उद्योग र कृषिमा विदेशी लगानी भित्र्याउन नपाउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक २०७५ पास गरेको छ । सरकारले १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गरी यो विधेयक ल्याएको थियो । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार संशोधनसहित विधेयक पास […]