समाचार

मौसमी तथा बेमौसमी तरकारी खेतीमा व्यस्त महिला

बाजुरा। जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो । “गाउँपालिका सुख्खा ठाउँ भएका कारण पहिला खासै तरकारी […]

भक्तपुरमा बर्डफ्लु भेटियो

भक्तपुर। देशका केही जिल्लामा देखिदैं आएको बर्डफ्लु भक्तपुरमा समेत देखिएको छ । सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँको कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ । दधिकोट तर्खगालमा सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पालिएको लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो । एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ […]

जुम्ली किसानले राखे मार्सीधानको बेर्ना

खलंगा। किसानहरूले जुम्लाको प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार बुधबार किसानले टुसा उमारेको धानको बेर्ना राखेका हुन् । पुरानो संस्कारअनुसार चैत १२ गते बिउ पानीमा बोराहरुमा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । […]

पन्ध्रौँ योजनामा कृषिलाई प्राथमिकता : अध्यक्ष दाहाल

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । पन्ध्रौँ योजनाको मस्यौदा आधार पत्रलाई अन्तिम रुप दिन आज आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटनमा उहाँले सैद्धान्तिक शिक्षालाई कम गर्दै व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा दिने गरी नीतिगत व्यवस्था […]

कृषि कर्ममा रमाउंदै युवा

कैलाली। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् , कैलालीको घोडाघोडी नगरपालिका ४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर […]

देशभरको मौसम बदली, मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

ललितपुर। अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात […]

संरक्षित वन्यजन्तु पाल्न दिने नीति बन्दै छ : मन्‍त्री बस्नेत

ललितपुर। वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण भैरहेको बताएका छन्। संरक्षित जनावरको चोरी शिकारी रोक्न घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ। वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यस्तो कानुनको तयारी गरेको उनको भनाइ छ। वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री […]

प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह

सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह गरेकी छन् । वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्रांगारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरिन् । बैंकहरुले प्रांगारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा […]

नेपालको पानी पिउन कतार आतुर : कतारी राजदूत

ललितपुर। खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको हो । भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै […]

सडकमा दूध पोखेर कृषकको विरोध

कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्। दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध  सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध […]