समाचार

चिया परीक्षण केन्द्र निर्माण हुने

इलाम। चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन […]

१६ औं राष्ट्रिय धान दिवस बर्दियामा

ललितपुर। सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ । कृषि विभाग अन्र्तगत गठित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो । यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका ८ […]

दूधको अनुदानमा चार गुणा वृद्धि

चितवन। भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न […]

किसानलाई अनुदानमा कृषि उपकरण

बैतडी। बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताए । ५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उनले भने । किसानको समय बचत होस् […]

मकवानपुर बर्डफ्लू संकटग्रस्त फुकुवा

हेटौंडा। मकवानपुर जिल्लालाई बर्डफ्लू रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको छ । बर्डफ्लूका कारण हेटौंडा–७, ६ र १६ नम्बर वडाका विभिन्न स्थानमा गरी दुईलाख ८९ हजार कुखुरा मरेका थिए भने ६८ हजार कुखुरा मारिएको थियो । यो संगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागले हेटौंडा–७ नागस्वती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको […]

अध्यक्ष रोजगार कार्यक्रम संचालन गर्दै कोन्ज्योसोम

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार पाँचौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गोपी सिङ्तानले कृषि, पर्यटन, जनशक्ति विकास र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको जानकारी दिए । यसका साथै गाँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम पनि संचालन गर्ने भएको छ […]

गुठी विधेयक फिर्ता

ललितपुर। जनस्तबाट तीव्र विरोध भएपछि सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमै फिर्ता भएको छ। संविधानको धारा १ सय १२ र राष्ट्रियसभा सञ्चालन नियमावलीको नियम १ सय […]

चियाको राजधानीमै ५२ चिया उद्योग बन्द हुँदै

पशुपतिनगर। इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको […]

अलैँची रोप्ने चटारोमा किसान

लमजुङ। मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थालेका हुन् । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उनले […]

किसान महासंघले पायो पूर्णता

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघले केन्द्रीय समिति, सचिवालय, केन्द्रीय कार्यालय तथा प्रदेश र जिल्ला समितिका संयोजकको टुंगो लगाएको छ । संयोजक वामदेव गौतमको अध्यक्षतामा जेठ ३२ देखि असार ६ गतेसम्म सम्पन्न भेलाले २ सय ५१ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएको हो । पूर्वअखिल नेपाल किसान महासंघ र पूर्वअखिल नेपाल […]