समाचार

अमेरिकन फौजी किरा नेपालमा, बालीनालीका लागि खतरनाक

ललितपुर। अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । अमेरिका हुँदै भारतसम्म आइपुगेका सो किरा नेपालमा वैशाख २७ गते फेला परेको हो। अन्नबालीमा व्यापक रुपमा नोक्सानी पुर्याउने सो कीरा अमेरिकाको रैथानी किरा हो । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिए । […]

दामनमै भेटियो किलोको ३० हजार पर्ने गुच्ची च्याउ

मकवानपुर। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा पाइने अति महँगो गुच्ची च्याउ मकवानपुरको दामनमा भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिरहेको बेला दुई हजारदेखि दुई हजार ५०० मिटरबीच दामन क्षेत्रमा यो […]

होटल/रेष्टुरेण्ट सञ्चालकलाई खाद्य स्वच्छता सम्बन्धि तालिम प्रदान

ललितपुर। ‘खाद्यपदार्थमा स्वच्छता हामी सवैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौले एघारौ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७६ तेस्रो खाद्य स्वच्छता महिना, जेठ २०७६ जेठभर मनाउने कार्यक्रम तय गरेको छ । यसै सिलसिलामा यस कार्यालयले तारकेश्वर नगरपालिका वडा नं ३ र ५ का २२ वटा होटल/रेष्टुरेण्ट सञ्चालकहरुलाई खाद्य स्वच्छता […]

तरकारीबाट फेरिएको महिलाको पहिचान

देवघाट। एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा विक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले फेरिएको छ । अब उनलाई रक्सी बेच्न नारायणगढ जानु पर्दैन, बरु त्यहाँका मानिस उनको घरमा तरकारी किन्न आउने गर्दछन् । उनको बारीमा करेला, घिरौंला, चिचिण्डो, लौकालगायतका तरकारी लटरम्म देख्न सकिन्छ […]

सरकारी अनुदान प्रभावकारी भएन : किसान

बाँके। मकै उत्पादनका लागि पकेट क्षेत्रका रुपमा मानिएको बाँकेको डुडुवा गाँउपालिकामा वर्षौदेखि किसानहरुले मकै खेती गरी जिविकोपार्जन गर्दै आईरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले किसानहरुलाई मकै खेतीतर्फ अझ आकर्षित गरे पनि दिइएको सरकारी अनुदान प्रभावकारी नभएको किसानहरुको गुनासो छ । बाँकेको डुडुवा गाँउपालिकाका किसानहरु वर्षौँदेखि मकै खेतीलाई नै मुख्य पेशा बनाएर जिविकोपार्जन गर्दै आइरहेका […]

कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम

सुर्खेत। “काम त अहिले पनि गरिरहेकै छौँ तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौँ भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ”, कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले भने । पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयअन्तरगत पशुसेवा तालीम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखका […]

प्रदेश ५ को नीति कार्यक्रम : कृषि र उद्योगमा जोड

बुटवल। प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ । […]

स्पेनको आधुनिक कृषि प्रणाली नेपाल भित्रदै

ललितपुर। स्पेनको आधुनिक कृषिप्रणाली नेपालमा भित्रने भएको छ। लुम्बिनी सास्कृतिक नगरपालिकाको संरक्षकत्वमा स्पेन र नेपालका कृषि उत्पादक कम्पनिहरुबीच बुधबार म्याड्रिडमा एक सम्झौता भएसँगै यसको बाटो खुलेको हो। सन् १९७५ देखि स्पेनका बिभिन्न शहरहरुमा फलफुल तथा तरकारी उत्पादन गर्दै आएको फ्रुतास क्यान्डिल मार्काम्याड्रिडले र बुद्व लुम्बिनी ग्रुप नेपाल लिमिटेडसँग सम्झौता गरेको छ। हाल म्याड्रिडमा रहेका लुम्बिनी […]

निकासी नहुँदा धराशायी बन्दै जडीबुटी व्यावसाय

नेपालगञ्ज। भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यावसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यावसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट […]

लिने हैन ५०% अनुदानमा हाते ट्रयाक्टर

ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ५० % अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको छ। इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन बुझाएर अनुदान लिन सक्ने कुरा केन्द्रले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ। कसले दिने निवेदन ? इच्छुक […]