ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वन ईकाइ तरकारी सुपरजोनक कास्कीले आर्थिक वर्ष ७६/७७ को लागि पोखरा महानगरपालिका क्षेत्रका कृषकलाई अनुदानको लागि आव्हान गरेको छ ।
आर्थिक वर्ष ०७३/७४ देखि ०७४/७५ सम्म सुचिकृत भएका कृषक ,कृषक समुह , कृषि सहकारी ,उपभोक्ता समिति र कृषि उद्यमीले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र सुचिकृत हुन सक्ने परियोजान कार्यन्वन ईकाइ कार्यलयले जनाएको छ ।
सेमी हाईटेक नर्सरी निर्माण – ५
स्थाई किसिमको प्लास्टीक घर निर्माण – ३०
साना सिंचाई तथा मर्मत सम्भार – ४७
एग्रिमार्ट स्थापना – १
प्रतिफलमा आधारित प्रोतसाहन अनुदान – २०० हे.
पोष्ट हार्वेष्ट सेन्टर निर्माण – १









