मेहनतको फल, काक्रो बिक्रीबाट दैनिक २० हजार
पोखरा। पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन्। एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी गर्दै आएका हुन्। टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन […]





