ललितपुर। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लालाई कागती जोन बनाउने बताउनुभएको छ । शनिबार स्याङ्जाको वालिङ, १४ तमादीमा नमुना कृषि विकास (कागती) कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषिको माध्यमबाट नै मुलकको समृद्धि हुने भन्दै स्याङ्जा जिल्लालाई कागति जोन बनाउने बताउनुभएको हो ।

आज जुन कामको थालनी गरेका छौं, मन्त्री अर्यालले भन्नुभयो ,यो उदारणिय काम हो । हामी स्याङ्जालाई कागती जोन बनाउन चाहान्छौं । यो असफल हुनु हुँदैन । अरूले पनि सिक्ने नमुनाको रूपमा कागती खेतिलाई विकास गर्ने हो ।जसरी तपाईंहरूले जग्गालाई एकीकरण गर्न सफल हुनु भएको छ, त्यसैगरी कागती खेति विस्तार गर्न पनि एक हुनुहोला उहाँले भन्नुभयो ।

एउटा आमाले बच्चाको सरक्षा गरे जसरी तपाईंहरूले पनि कागतीको संरक्षण गर्नुहोला । सुरूवात गरेर मात्र हुँदैन । स्थानीयको रेखदेखबाट नै तपाईं हामीले सोचेको उद्देश पूरा हुन्छ, उहाले भन्नुभयो ।

सीप सिक्न र व्यवसायी बन्न आग्रह समेत गर्नुभयो । श्री थुमपोखरा साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले स्थानीयलाई उचित सीप सिकेर व्यवसायी बन्न आग्रह गर्नुभएके हो ।