समाचार

राहतको पर्खाईमा असिनापीडित

दूल्लु। गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले यहाँका नागरिकहरु भोक–भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । […]

५० हजार रुपैयाँ किलोसम्म बिक्री हुन्छ वन लसुन

मनाङ। हिमाली भेगमा पाइने यार्सागुम्बापछिको महत्वपूर्ण दोस्रो जडिबुटी हो वन लसुन । यसको महत्व बढी छ । यसको विभिन्न औषधि बनाउन प्रयोग हुने गर्दछ । वन लसुन प्रतिकेजी रु ४० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ। वैज्ञानिक नाम लिलियम नेपालेन्स (Lilium nepalense) भए वाटै यो नेपालको रैथाने विरुवा हो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । […]

पशुको स्वस्थ्यमा देखिएको परजीवी नियन्त्रण गर्न सके २५ प्रतिशत आम्दानीमा वृद्धि

ललितपुर। पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न […]

कृषिमा बजेट कम भयो : मन्त्री खनाल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कृषिमा कम बजेट छुट्याइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । कृषिलाई व्यवसायीकरण गर्न कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने उन्को भनाई छ । आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खनालले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिका लागि छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध […]

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, ९ गम्भीर

पाल्पा। पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। उनका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्। विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय […]

विदेशबाट रित्तो हात, तरकारी खेतीबाट फलिफाप, मासिक ५० हजारभन्दा बढी कमाइ

गलेश्वर। जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण […]

गर्मी छल्न १० हजार रुख रोप्ने तयारी

बाँके। शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताएका छन् । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने, “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको […]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, ऊर्जा, उद्योग र पर्यटनमा जोड

पोखरा। गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशको नीति तथा कार्यक्रमले आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक पूर्वाधारमा जोड दिइएको छ । दिगो विकासका चार आधार जनता, जमिन, शान्ति र समृद्धिलाई […]

सुलभ कर्जा सहजीकरण कार्यक्रम संचालन गर्दै प्रदेश सरकार

परासी। प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका […]

किसानलाई एक प्रतिशत ब्याजदरमा पशुपालन ऋण

सिन्धुपाल्चोक। लिसंखुपाखर गाउँपालिकाले पशुपालन गरेर जीविकोपार्जन गर्न चाहने किसानलाई एक प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने भएको छ। अनुदानको नाममा वितरण हुने रकमलाई छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागिएको हो। त्यसको लागि गाउँपालिकाले पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालन तर्फ १५ लाख रुपैैयाँ बजेट छुट्टाएको छ। सो रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले […]